मुगुस्थित नेपाल टेलिकमको टावरमा एकै महिना तीन पटक तोडफोड

साझासवाल

वैशाख २८, मुगु | स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुगुकाे सोरु गाउँपालिकास्थित नेपाल टेलिकमको टावरमा अज्ञात समुहले तोडफोड गरेकाे छ । याेसहित एकै महिनामा टावरमा ताेडफाेड भएकाे तेस्राे पटक हाे ।

सोरु गाँउपालिका-३ भिँई गाउँमा नेपाल टेलिकमको भिस्याट प्रविधिको टावरमा वैशाख महिनामा मात्रै तीन पटक तोडफोड भएको हो । तोडफाडका कारण टावरमा क्षति पुगेकाले सोरु गाँउपालिका-३ भिँईमा रहेका आठ बस्ती, वडा नम्बर ९ र १० का आधा दर्जन बस्ती र हुम्लाकाे तल्लो बस्तीका दर्जनौँ बस्तीका सेवाग्राही सञ्चार सेवाबाट बञ्चित भएका छन् ।

ताेडफाेडबाट नेपाल टेलिकमको टावरमा रहेको मेसिन, सोलार पाता, ब्याट्रिलगाएतले काम गर्न छाडेकाे छ । २४ वैशाखमा सदरमुकाम गमगढी बजारबाट गएकाे प्राविधिक टाेलीले  २५ वैशाखमा टावर बनाए पनि दोस्रो दिन (२६ वैशाख) मै पुन: तोडफोड भएकाे नेपाल टेलिकम मुगुका निमित्त कार्यालय प्रमुख गणेश डाँगीले बताए ।

डाँगीका अनुसार टावर सुरक्षा घेरवार र अन्य सुरक्षा ब्यावस्था नभएकाले स्थानीयवासी र बादरले  पनि क्षेति गर्ने गरेकाे छ ।

प्रत्येक टावरमा एक जना चौकीदारको व्यवस्था गरे पनि सरकारले ताेकेअनुसार न्यूनतम पारिश्रमिक नहुँदा २४सैं घण्टा टावरमा समय नदिने गरेकाे पाइन्छ । भिँईमा टेलिकमले टावर राखेको १० बर्ष जति भैसकेको छ ।

Leave a Comment

Leave a Reply