कमल सुबेदी/भदौ १७, पोखरा । नेपालीहरुको मुख्य चाडपर्वहरु नजिकिदै गर्दा पोखरामा भने चोरीका घटनाहरु बढ्दै गइरहेको छन् ।

यसको पछिल्लो उदाहरण हो बिहिबार  बिहान पोखराको मुटु मानिने न्युरोडमा रहेको चेरिस्मा इम्पोरिममा भएको चोरीको घटना । पछ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी/भदौ १७, पोखरा । नेपालीहरुको मुख्य चाडपर्वहरु नजिकिदै गर्दा पोखरामा भने चोरीका घटनाहरु बढ्दै गइरहेको छन् ।

यसको पछिल्लो उदाहरण हो बिहिबार  बिहान पोखराको मुटु मानिने न्युरोडमा रहेको चेरिस्मा इम्पोरिममा भएको चोरीको घटना । पछ"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

चाडपर्व नजिकिदै गर्दा पोखरामा चोरीका घटना बढे

२०७३, १७ भाद्र शुक्रबार ०४:५९

कमल सुबेदी/भदौ १७, पोखरा । नेपालीहरुको मुख्य चाडपर्वहरु नजिकिदै गर्दा पोखरामा भने चोरीका घटनाहरु बढ्दै गइरहेको छन् ।

यसको पछिल्लो उदाहरण हो बिहिबार  बिहान पोखराको मुटु मानिने न्युरोडमा रहेको चेरिस्मा इम्पोरिममा भएको चोरीको घटना । पछिल्लो समय  पोखराको अति सुरक्षित मानिने न्युरोडमा भएका लगातारका चोरीका घटनाले सर्वसाधारणहरु लाइ भने त्रसित बनाएको छ । 

न्युरोड मा प्राय जसो सबै वित्तिय सस्था तथा बैंकहरुको कार्यालय रहेकोले यस ठाउँमा सुरक्षामा अलि सम्वेदनशिल हुनुपर्ने नेपाल डेभलपमेन्ट बैङकर यशोशियसनका केन्द्रिय सचिव गोबिन्द ढकालले बताए । 

उनले स्थानिय प्रशासनले विहान र बेलुका गस्ति गरि वाताबरण सहज पार्नुपर्ने मा जोड दिए ।बेलुकाको समयमा चोरी बढि हुने भएकोले शिभिल गस्तिलाइ बेलुकामा बढाउनुपर्ने तर्क गरे । यसो त न्युरोड लाई बैंक रोड पनि भन्ने गरिन्छ, यसकारण पनि न्युरोडमा सुरक्षा सतर्कता अलि बढाउनुपर्ने जानाकारहरु बताउछन् । 

गएको एक हप्तामा पोखरा को न्युरोड मा दुइ वटा चोरी भएका छन । न्युरोडको एक खाजा घर बाट सोमबार करिब २ तोला बराबर को  सुन चोरी भयो । त्यस्तै पत्रकार दिनानाथ बराल को कोठा बाट केहि दिन पहिले भयो । प्रहरी ले हाल सम्म सुन चोरीमा सम्लग्न हुने ब्यक्तिको सुइको समेत पाउन सकेको छैन । 

त्यस्तै गएको महिनामा पनि पोखरामा चोरीका घटनाहरु बढेका छन । बगरका हिड्दै गरेकी महिलाको गलाबाट पल्सर बाइकमा आएका अपरिचित ब्यक्तिले तारेर फरार भए । चोरी बाट सर्वसाधारण को धनमाल त लुटिएको छ नै ढुक्क सग बाटोमा हिड्न समेत नसकिने अबस्था आएको बटुवाहरु बताउछन् ।

पर्यटकिय नगरि पोखरामा यसरी दिनानुदि  बढ्दै गइरहेको चोरीका घटनाले पोखरा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई असर पर्ने पर्यटन ब्यवसायी बताउछन् । चाडपर्व आए सगै कास्की प्रहरीले बर्षैविच्छे सुरक्षा योजनाहरु पत्रकार सम्मेल गरेर नै सार्वजनिक गर्छ ।

यस बर्ष पनि भाद्र १६ गते बाट बिशेश शुरक्षा योजना लागु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले बताए । चोरीका घटनाहरु नियन्त्रण गर्न बिषेश टोली बनाएर अगाडी बढेको बताए ।

केहि चोरीमा सम्लग्नहरु पक्रेको बताउदै उनले भने सबै कोण बाट अनुसन्धान हुदै छ ।चोरी बाट बच्नको लागि त सर्बप्रथम आफै सचेत हुन जरुरी छ । चाडवाडका बेला घर  बाहिर जादा राम्रो सग चापी लगाएर जानुपर्छ ।सकेसम्म बाहिर जादा वरिपरिका लाई जानाकारी गराएर जान अनुरोध गरे । 

कसरी जोगिने चोरीबाट ?

-कहि कतै जानु परेमा धेरै गहना लगाएर नजाने जसले गर्दा मानिस को ज्यानै जोखिम मा पर्न सक्छ ।

-घर बाहिर जादा सबै ठाउँको झ्याल ढोका लगाएर जाने ।

-घरमा कुकुर पाल्ने जसले घरमा नयाँ मानिस कोहि आए नआएको जानाकारी दिन्छ ।

-अपरिचित ब्यक्तिलाइ सबै कुरा नखोल्ने र अपरिचित ब्यक्तिले दिएको केहि नखाने । 

-कार्यालय वा अन्य महत्वपुर्ण ठाउँमा सि. सि. क्यामेरा जडान गर्ने । 

-प्रत्येक टोल टोल मा आमा समुहलाई जनचेतना जोगाउने कार्यमा अगाडी बढ्ने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस