भदौ १७, पर्बत । जिल्लामा हिंसा पीडित महिला तथा बालबालिकाको आश्रय स्थलका लागि निर्माण हुन लागेको सेफ हाउसको लागि झण्डै २७ लाख ४७ हजार रकम सहयोगको लागि प्रतिबद्धता आएको उक्त व्यवस्थापन तथा निर्माण समितिले जनाएको छ । 

सेफ हाउस निर्माणक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, पर्बत । जिल्लामा हिंसा पीडित महिला तथा बालबालिकाको आश्रय स्थलका लागि निर्माण हुन लागेको सेफ हाउसको लागि झण्डै २७ लाख ४७ हजार रकम सहयोगको लागि प्रतिबद्धता आएको उक्त व्यवस्थापन तथा निर्माण समितिले जनाएको छ । 

सेफ हाउस निर्माणक"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सेफ हाउसको लागि २७ लाख जुट्यो

१७ भाद्र २०७३, शुक्रबार ०५:१०

भदौ १७, पर्बत । जिल्लामा हिंसा पीडित महिला तथा बालबालिकाको आश्रय स्थलका लागि निर्माण हुन लागेको सेफ हाउसको लागि झण्डै २७ लाख ४७ हजार रकम सहयोगको लागि प्रतिबद्धता आएको उक्त व्यवस्थापन तथा निर्माण समितिले जनाएको छ । 

सेफ हाउस निर्माणको लागि बालबालिका कार्यालयले १ लाख रुपैयाँ छुट्टाउने समेत निर्णय गरेको छ । यसैविच  सुनचाँदी व्यवसायी महिला संघ पर्वतले हिँसा पीडित महिला तथा बालबालिकाका लागि निर्माणाधिन सुरक्षित घरका लागि सहयोग गरेको छ । 

हरितालिका तिजको अवसरमा संघले एक कार्यक्रमको आयोजना गरि उक्त सहयोग हस्तान्तरण गरेको हो ।  संघकी अध्यक्ष तारा सुनारले ८४ हजार नगद जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक गंगा पन्तलाई हस्तान्तरण गरेको हो ।संघकी अध्यक्ष सुनारले हिँसा पीडितहरुका लागि विभिन्न निकायले गरेको सहयोगमा आफ्नो तर्फवाट पनि सानो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरिन् । महिलाहरुले गर्ने फजुल खर्च जोगाएर आफुहरुले ‘सुरक्षित घर’ निर्माणमा सहयोग गरेको उनको तर्क थियो । 

सोही अवसरमा बोल्दै प्रहरी नायव उपरिक्षक गंगा पन्तले सुरक्षित घरका लागि गरेको सहयोग प्रशंसायोग्य रहेको बताइन् । उनले विभिन्न निकायवाट आएको सहयोगलाई सहि सदुपयोग गर्ने बताइन । 

उपरिक्षक पन्तले संस्कृतिक र परम्परा जोगाउने नाममा महिलाहरु धार्मिक जालोमा फसेको भन्दै तिजलाई महिला समानताका लागि प्रयोग गर्न आग्रह समेत गरिन् ।  कार्यक्रममा,सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य निर्मल विश्वकर्मा, सुनचाँदी व्यवसायी संघ पर्वतका अध्यक्ष विकास सुनार, पत्रकार  माया अधिकारी, सुनचाँदी व्यवसायी महिला संघ पर्वतका सल्लाहकार गोपीलाल विश्वकर्मा लगायतले बोलेका थिए । 

सेल्टर निर्माणको लागि विभिन्न संघ संस्थाले सहयोग गर्दै आइरहेका छन् भने सहयोग गर्ने क्रम पनि जारी छ । उक्त भवन निर्माणको लागि एक करोड भन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या