भदौ १७, पर्बत । जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक प्रगति तथा समिक्षाको अवसर पारेर स्वास्थ्य क्षेत्रमा कार्यरत दश जना स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् । 

सम्मानित हुनेहरुमा जिल्ला अस्पतालमा कार्यरत डा.सरोजचन्द्र दाहाल देखि कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, पर्बत । जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक प्रगति तथा समिक्षाको अवसर पारेर स्वास्थ्य क्षेत्रमा कार्यरत दश जना स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् । 

सम्मानित हुनेहरुमा जिल्ला अस्पतालमा कार्यरत डा.सरोजचन्द्र दाहाल देखि कार्य"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बतमा डा.दाहाल सहित १० स्वास्थ्यकर्मी सम्मानित

१७ भाद्र २०७३, शुक्रबार ०५:१२

भदौ १७, पर्बत । जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक प्रगति तथा समिक्षाको अवसर पारेर स्वास्थ्य क्षेत्रमा कार्यरत दश जना स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् । 

सम्मानित हुनेहरुमा जिल्ला अस्पतालमा कार्यरत डा.सरोजचन्द्र दाहाल देखि कार्यालय सहयोगीसम्म छन् । 

सम्मानित कर्मचारीहरुमा पोषनाथ शर्मा शाखा अधिकृत जिल्ला स्वास्थ्य कार्यालय, उमाकान्त सापकोटा जनस्वास्थ्य अधिकृत कार्यरत ठुली पोखरी स्वास्थ्य चौकी, रुद्रप्रसाद सापकोटा सिनियर अहेव कटुवाचौपारी, भुपेन्द्रनाथ शर्मा सिनियर अहेव बर्राचौर स्वास्थ्य चौकी छन् ।  

त्यसैगरी शारदा चौधरी हेल्थ असिस्टेन्ट पाङराङ, संगीता गुरुङ अनमी देवीस्थान, विष्णु क्षेत्री अनमी हुवास, डिल्ली प्रसाद सुवेदी कार्यालय सहयोगी पाङ, टिकाराम भट्टराई कार्यालय सहयोगी शालिग्राम स्वास्थ्यचौकी सम्मानित स्वास्थ्य कर्मचारीहरु हुन् । 

उनीहरु सवैलाई कुशल कार्यदक्षता, ईमान्दारिता, अनुशासन लगायतका कुराहरुलाई आधार मानेर सम्मानित गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. फणिन्द्र बराल बताउँछन् । सेवारत कर्मचारीहरुको मनोवल उच्च राख्न र कार्यमा थप हौसला बढाउन पुरस्कारले सहयोग पुराउने डा.बरालको भनाई छ । प्रशासन अधिकृत पोषनाथ शर्माका अनुसार जिल्लाको सरकारी स्वास्थ्य क्षेत्रमा ३७८ जना कर्मचारीहरु सेवारत छन् ।

 कार्यरत कर्मचारीमध्ये २५४ स्थायी दरवन्दीमा कार्यरत छन् भने ७५ जना कर्मचारी क्षेत्रीय कार्यालयबाट खटिएर आएको उनले बताए । पुष महिनाभित्रमा स्थायी दरवन्दी भएका ७३ जना स्वास्थ्यकर्मचारीहरुको आगमनपछि अस्थायी रुपले कार्यरत ७५ जना कर्मचारी हट्ने समेत प्रशासन अधिकृत शर्माले जानकारी दिए ।  

 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या