प्रेम सुनार/भदौ १७, गुल्मी । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गुल्मीको गौडाकोटमा क्रियाशिल न्यु दिपज्योति युवा कल्वले भलिवल र तीज गीत प्रतियोगिताको आयोजना गरेको छ ।

 हिजो देखि सुरु भएको उक्त प्रतियोगिता भद्रौं १"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/भदौ १७, गुल्मी । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गुल्मीको गौडाकोटमा क्रियाशिल न्यु दिपज्योति युवा कल्वले भलिवल र तीज गीत प्रतियोगिताको आयोजना गरेको छ ।

 हिजो देखि सुरु भएको उक्त प्रतियोगिता भद्रौं १"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गौडाकोटमा भव्य खेल र तिज गीत प्रतियोगिता

२०७३, १७ भाद्र शुक्रबार ०८:५९

प्रेम सुनार/भदौ १७, गुल्मी । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गुल्मीको गौडाकोटमा क्रियाशिल न्यु दिपज्योति युवा कल्वले भलिवल र तीज गीत प्रतियोगिताको आयोजना गरेको छ ।

 हिजो देखि सुरु भएको उक्त प्रतियोगिता भद्रौं १९ गते समापन गरिने क्लवका अध्यक्ष पदमबहादुर पल्लीले जानकारी दिए । प्रतियोगिताको भव्य समारोहका विच नेपाली कांग्रेसका सचिव खिलध्वज पन्थीले उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी पल्लीले न्यु दिपज्योति युवा क्लवले मौलीक सांस्कृति संरक्षण, खेलकुद विकास र सामाजिक क्षेत्रमा खेलेको रचनात्मक कार्य उदाहरणीय रहेको बताएका थिए ।

२० टिम सहभागी रहेको भलिवल प्रतियोगिता संगै भदौं १९ गते बृहत तिज गीत प्रतियोगिता हुने क्लवले जनाएको छ । हरेक वर्ष क्लवले हरितालिका तीजमा भव्य तीज गीत कार्यक्रम राखेको हुन्छ र सदरमुकामका मानिसहरु समेत यहाँको तिज गीत छाडेर त्यहाँ हेर्न जाने गरेका छन् ।  

राजारुन्खा माध्यमिक विद्यालयको प्राङ्गाणमा हुने कार्यक्रमको उद्घाटन सत्रमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी विष्णु वराल , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारी , सल्लाहकार मनोज काउछा लगायतको विशेष आतिथ्यता रहेको थियो ।

 त्यस क्लवलाई सक्रिय पार्दै मौलिक संस्कृती संरक्षण र खेलकुद विकासको मुख्य संस्थाका रुपमा काम गर्ने एकै परिवारका तिन भाई रहेका छन् । युकेमा कार्यरत गौडाकोट ७ का गोकर्ण बस्नेत अमेरिकामा कार्यरत अविनास बस्नेत,  र अष्ट्रेलियमा कार्यरत अशोक बस्नेतले हरेक वर्ष क्लव मार्फत यस्ता कार्यहरु गर्दै आएका छन् ।

  यसपाली पनि प्रथम पुरष्कार ४० हजार राशी उनिहरुबाटै प्राप्त भएको क्लवका अध्यक्ष पल्लीले बताए ।  दृतिय पुरस्कार शौजन्य कर्ता रहेका छन् गौडाकोट ४ का टोपबहादुर पल्लीका सुपुत्र सनम पल्ली । उनले  वेलायतको सेनामा कार्यरत रहेर २० हजार शौजन्य गरेका हुन् । वेलायतबाटै गोकर्ण बस्नेतले तेश्रो पुरस्कार राशी १० हजार पनि शौजन्य गरेका छन् ।

  गौडाकोट पधेरामाथी निवासी विरबहादुर बस्नेत र सिता बस्नेतका सुपुत्रहरु गोकर्ण बस्ने , अविनास र अशोक बस्नेत प्रति क्लवले आभार प्रकट गरेको छ । उनिहरु क्लवका पुर्व सक्रिय पदाधिकारी र हाल सल्लाहकार रहेको जनाईएको छ ।  

त्यस्तै तिज गीत तर्फ प्रथम पुरस्कार १५ हजार राशीको शौजन्य क्लवका पुर्व अध्यक्ष ठाकुर पल्लीकी छोरी कोमल पल्लीले जापानबाट पठाएकी हुन् । दृतिय पुरस्कार १० हजार क्लका पुर्व खेल संयोजक मेहर पल्लीले जापानबाट पठाएका छन् । तृतिय पुरस्कार ५ हजार तम्घासमा रहेको अस्मीता पुस्तक पसलका धनी आशा थापाले गरेकी छिन् । 

उद्घाटन सत्रमा अतिथीहरुलाई स्थानिय महिलाहरुले तीज गीतले सम्मान गर्दै मनोरञ्जन पनि दिएका थिए ।  क्लवका अध्यक्ष पदम पल्लीको अध्यक्षता रहेको थियो भने सञ्चालन सचिव अनिल बिकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस