प्रेम सुनार/भदौ १७, गुल्मी । २५ बर्ष कै उमेरमा छोरो गुमाएर बसेकी गुल्मीको नेटाकी ईन्द्रकला ख्रेरेलको आँसु अझै रोकिएका छैनन । केही बर्ष अघि  पिकनिकबाट घर फर्कने क्रममा उहाँको छोरा मनोजको लडेर ज्यान गएको थियो । 

यो त एक सानो उदाह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/भदौ १७, गुल्मी । २५ बर्ष कै उमेरमा छोरो गुमाएर बसेकी गुल्मीको नेटाकी ईन्द्रकला ख्रेरेलको आँसु अझै रोकिएका छैनन । केही बर्ष अघि  पिकनिकबाट घर फर्कने क्रममा उहाँको छोरा मनोजको लडेर ज्यान गएको थियो । 

यो त एक सानो उदाह"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मेली र बाग्लुङ्गेहरुले चलाए एम्वुलेन्स खरिद अभियान

२०७३, १७ भाद्र शुक्रबार ०९:०८

प्रेम सुनार/भदौ १७, गुल्मी । २५ बर्ष कै उमेरमा छोरो गुमाएर बसेकी गुल्मीको नेटाकी ईन्द्रकला ख्रेरेलको आँसु अझै रोकिएका छैनन । केही बर्ष अघि  पिकनिकबाट घर फर्कने क्रममा उहाँको छोरा मनोजको लडेर ज्यान गएको थियो । 

यो त एक सानो उदाहरण मात्र हो । गुल्मीको पौदी अमराई, नेटा,दर्लिङ्ग र ह्वान्दी तथा छिमेकी जिल्ला बगलुङ्गको ग्वालिचौरमा यस्ता घटना हरेक दिन जसो  घट्ने गरेका छन्  । यो क्षेत्रमा कैयौ सुत्केरी हुने महिला बच्चा जन्माउन अस्पत्ताल पुग्दैनन । घरमा नै सुत्केरी बनाउन खोज्दा समस्या सृजना हुन्छ । छोरो गुमाएकी आमा र आमा गुमाएका बच्चाहरुको आखामा बगेको आँसु देख्न नसकेर  त्यस भेगका जनताले एम्वुलेन्स सञ्चालन अभियान सुरु गरेका छन् ।

त्यहाँका जनताले निस्ती बडिगाढ सामुदायिक विकास केन्द्र गुल्मी नामक संस्था गठन गरी एम्वुलेन्स सञ्चालन अभियान सुरु  गरेका हौ । उक्त अभियान सुरु गरेको २ हप्ता भित्रमैं देसहरुमा गरि करिव २ लाख संकलन भएको छ। एम्बुलेन्स अभियानको लागि गठन गरिएको टिम आफ्नो कार्य सम्पादन गर्न प्रतिबद्ध छ । 

कतारमा बुद्ध पान्डेय, युएईमा चिरन केसि, कोरियामा किशोर पौडेल र राजन केसि (डम्मर), जापानमा टीका गिरि र राजन केसि, मलेसियामा देवेन्द्र थापा, रसियामा रेसम कुवर र अष्ट्रेलियामा प्रकास अर्यालको नेतृत्वमा सहयोग संकलन थालिएको छ । यसै गरि असिम थापाको नेतृत्वमा बुटवल आसपासको क्षेत्रमा सहयोग संकलन गर्ने कार्य जारी छ ।

यो पवित्र मानव सेवामा जुट्नु हुने सवै प्रती हामी आभारी छौ । पश्चिमको कन्चन्पुर देखि पुर्वको झापा र सुनसरी सम्मका साथिहरुले यो अभियानलाई साथ दिनु भएको छ । उहाहरुको सहयोगको लागि हामी आभारी छौ । देस विदेसमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुलाई यो अभियानमा सक्दो सहयोग गर्न हामी विनम्र अनुरोध गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस