कमल सुबेदी/भदौ १७, पोखरा । नव आदर्श सामुदायिक बिकाश समाज को आयोजनामा शुक्रबार देखि लामाचौरमा हरितालिका तीज महोत्सव–२०७३ एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । 

महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी/भदौ १७, पोखरा । नव आदर्श सामुदायिक बिकाश समाज को आयोजनामा शुक्रबार देखि लामाचौरमा हरितालिका तीज महोत्सव–२०७३ एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । 

महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लामाचौरमा हरितालिका तीज महोत्सव सुरु

१७ भाद्र २०७३, शुक्रबार ११:०९

कमल सुबेदी/भदौ १७, पोखरा । नव आदर्श सामुदायिक बिकाश समाज को आयोजनामा शुक्रबार देखि लामाचौरमा हरितालिका तीज महोत्सव–२०७३ एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । 

महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले एक निर्वाचन क्षेत्र एक खेलकुद मैदान को अबधाणा अनुरुप लामाचौरमा निर्माणाधिन रहेको खेल कुद मैदानमा साफ गेम अन्र्तगतको कुनै एक  खेल खेलाउनको लागि पहल गर्ने बताए । 

पशुपति पछिको दाश्रो लामाचौर तिज मेला भएको  प्रसंग गर्दै उनले तिजको छुट्टै महिमा भएको बताए । महोत्सवमा २५ वटा व्यापारिक प्रयोजन तथा ६ वटा खानाका गरी ३१ वटा स्टल रहेका छन् । 

मुख्य आकर्षण राष्ट्रिय महिला भलिबल प्रतियोगितामा साविक विजेता न्यू डायमण्ड, नेपाल प्रहरी, नेपाल आर्मी, पश्चिमाञ्चल टप्स मावि, सशस्त्र प्रहरी बल, मध्यपश्चिमांचल भलिब संघ गरी ६ टिमले भाग लिने आयोजकले जनाएको छ । न्यू डायमण्ड, नेपाल प्रहरी र नेपाल आर्मी समूह क मा छन् । विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् भने तेस्रो हुनेले २० हजार र सान्त्वनाले १५ हजार पाउनेछन् । 

महोत्सवमा अन्तरमावि छात्रा भलिबल  , अन्तर आमा समूह लोक नृत्य, अन्तरमावि लोकनृत्य, अन्तरविद्यालय लोकनृत्य, श्रष्टा सम्मान, जिल्लास्तरीय नरबहादुर बानियाँ स्मृति सितेरियो कराँते, नवआदर्श सामाजिक उद्यमी राष्ट्रिय पुरस्कारलगायतका दर्जनौ कार्यक्रम रहेको प्रचार संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।

कैलास विकास बैकको मुख्य प्रायोजन रहेको महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने संयोजक अधिकारी ले जानाकारी दिए । नेपाली कला, संस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले संस्थाको २० औं वार्षिकोत्सव ३ दिनसम्म चल्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो