ललित बोहरा/भदौ १८, डडेल्धुरा । सरकारले कालोबजारी र महँगी नियन्त्रणका लागि विभिन्न जिल्लामा बजार अनुगमन गरिरहेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ १८, डडेल्धुरा । सरकारले कालोबजारी र महँगी नियन्त्रणका लागि विभिन्न जिल्लामा बजार अनुगमन गरिरहेको छ । 
६ माघ २०८२, सोमबार
डडेलधुरा - DDL

डडेल्धुरामा बजार अनुगमन नहुँदा महँगी बढ्यो

१८ भाद्र २०७३, शनिबार ०६:०८

ललित बोहरा/भदौ १८, डडेल्धुरा । सरकारले कालोबजारी र महँगी नियन्त्रणका लागि विभिन्न जिल्लामा बजार अनुगमन गरिरहेको छ । 

कतिपय ठाउँमा गरिएको अनुगमन प्रभावकारी नभएको गुनासोसमेत आइरहेको छ । तर डडेल्धुरामा भने अत्यासलाग्दो गरी महँगी बढे पनि सम्बन्धी पक्षले अहिलेसम्म बजार अनुगमन गर्न सकेको छैन । अनुगमनका लागि जिल्ला अनुगमन समितिले कुनै चासो नै देखाएको छैन ।  

अहिले डडेल्धुरामा तरकारी लगायत दैनिक उपभोग्य बस्तु चामल, चिउरा, खानेतेल लगायतका सामानको मूल््य बढेको ब्यापारीहरु बताएका छन् ।  अहिले आलु, काउली, बोडी लगायतका तरकारीको भाउ बृद्धि भएको तरकारी ब्यापारी बताए छन् ।  स्थानीयले प्रभावकारी ढंगबाट बजार अनुगमन गर्नुपर्ने माग गरिरहेका छन् । 

झारो टार्नको निम्ति मात्रै गरिने बजार अनुगमनको कुनै अर्थ नहुने स्थानीय बताए छन् ।  सामान किन्दा उपभोक्ताहरु पनि चनाखो हुनुपर्ने, अनुगमन देखावटी नभएर यथार्थ परक हुनुपर्ने र बजार अनुगमन हुनुभन्दा पहिल्यै नै सूचना पाएर म्याद गुज्रिएका तथा अखाद्य सामानहरु ब्यापारीहरुले लुकाउने गरेको सर्वसाधारणको गुनासो छ । 

कृषकहरुले उत्पादन गरेको तरकारी समेत विचौलिया अर्थात ब्यापारीहरुले खरिद गरेर बिक्रीगर्दा उनीहरुले समेत राम्रो मूल्य पाउन सक्दैन्न भने ब्यापारीको हातमा तरकारी परेपछि तेब्बर बढी नाफा लिई बिक्री गर्ने हुनाले सर्वसाधारणलाई समस्या भएको छ । 

 तरकारी तथा दैनिक उपभोग्य वस्तुको मात्रै नभएर होटल ब्यवसायीले समेत गुणस्तरहीन तथा अखाद्य बस्तुहरु मनपरी बिक्री गरिरहेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या