भदौ १८, बागलुङ । अनाधिकृत रुपमा चलेका विद्युतीय रिक्सालाई स्थानीय प्रशासनले बन्द गराएको छ । तीन महिनादेखि कागजातबिना चौध विद्युतीय रिक्सा बागलुङ बजारमा सञ्चालित थिए । 

‘रुट परमिट’, दर्ता र चालक अनुमतिपत्र समेत नभएपछि रिक्सा बन्द गरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, बागलुङ । अनाधिकृत रुपमा चलेका विद्युतीय रिक्सालाई स्थानीय प्रशासनले बन्द गराएको छ । तीन महिनादेखि कागजातबिना चौध विद्युतीय रिक्सा बागलुङ बजारमा सञ्चालित थिए । 

‘रुट परमिट’, दर्ता र चालक अनुमतिपत्र समेत नभएपछि रिक्सा बन्द गरि"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा विद्युतीय रिक्सा बन्द

१८ भाद्र २०७३, शनिबार ०६:३३

भदौ १८, बागलुङ । अनाधिकृत रुपमा चलेका विद्युतीय रिक्सालाई स्थानीय प्रशासनले बन्द गराएको छ । तीन महिनादेखि कागजातबिना चौध विद्युतीय रिक्सा बागलुङ बजारमा सञ्चालित थिए । 

‘रुट परमिट’, दर्ता र चालक अनुमतिपत्र समेत नभएपछि रिक्सा बन्द गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

विद्युतीय रिक्सा चलाउन अन्य सवारी साधनको जस्तै कानुनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ । रिक्साले सर्वसाधारणलाई सुविधा दिए पनि अनाधिकृत रुपमा चलेकाले बन्द गराउनुपरेको ट्राफिक प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक कुलबहादुर हरिजनले बताउनुभयो । 

कानुनी प्रक्रिया पूरा गरेर आएमा रिक्सालाई सहज रुपमा सञ्चालन गर्न दिइने उहाँको भनाइ छ । बागलुङ कालिकाभगवती यातायात प्रालिले सुरुमा तीन वटा विद्युतीय रिक्सा बागलुङमा ल्याएको थियो । पछि राम्रो चल्ने र आम्दानी पनि हुने देखेर अन्य व्यवसायीले रिक्सा खरिद गरेर सञ्चालन गर्दै आएका थिए । 

रिक्सा धनीले भने आफ्नो दैनिक रोजीरोटीको बाटो बन्द भएको प्रतिक्रिया दिएका छन् । बागलुङमा विगत साढे दुई वर्षदेखि चालक अनुमतिपत्र वितरण रोकिएपछि नयाँ चालक मर्कामा परेका छन् । विद्युतीय रिक्सा लगायतका कुनै पनि सवारी साधानको चालक अनुमतिपत्र वितरण गरिएको छैन । पूर्वाधार र जनशक्ति अभावका कारण देखाउँदै यातायात व्यवस्था कार्यालय बागलुङले चालक अनुमतिपत्र वितरण रोकेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या