भदौ १८, पोखरा । बिहीबार राति र शुक्रबार साँझदेखि लगातारको वर्षाका कारण कास्कीका विभिन्न ग्रामीण सडक तथा सामुदायिक भवनमा क्षति पुगेको छ । 

 मेघ गर्जनसहित रातभर परेको पानीका कारण पोखराको छोरपाटनबाट लेखनाथ–१२ गगनगांैडा जोड्ने बाटा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, पोखरा । बिहीबार राति र शुक्रबार साँझदेखि लगातारको वर्षाका कारण कास्कीका विभिन्न ग्रामीण सडक तथा सामुदायिक भवनमा क्षति पुगेको छ । 

 मेघ गर्जनसहित रातभर परेको पानीका कारण पोखराको छोरपाटनबाट लेखनाथ–१२ गगनगांैडा जोड्ने बाटा"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

वर्षातका कारण कास्कीका विभिन्न ग्रामीण सडक तथा सामुदायिक भवनमा क्षति

१८ भाद्र २०७३, शनिबार ०८:१५

भदौ १८, पोखरा । बिहीबार राति र शुक्रबार साँझदेखि लगातारको वर्षाका कारण कास्कीका विभिन्न ग्रामीण सडक तथा सामुदायिक भवनमा क्षति पुगेको छ । 

 मेघ गर्जनसहित रातभर परेको पानीका कारण पोखराको छोरपाटनबाट लेखनाथ–१२ गगनगांैडा जोड्ने बाटामा ठाउँ ठाउँमा पहिरो गएको छ । वर्षात्सँगै छोरेपाटनदेखि निर्मलपोखरी भरतपोखरीका विभिन्न स्थानमा ग्राभेल बाटो समेत पहिराले क्षति पु¥याएपछि यातायात सञ्चालनका कठिनाइ भएको उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए । 

 बिहीबार रातिको वर्षात्का कारण उक्त सडकखण्डको धारापानीमा पहिरो गएपछि अवरुद्ध बाटो सडक कर्मचारी र स्थानीयवासीको सक्रियतामा शुक्रबार मात्र खुलाइएकामा आज पुनः अवरुद्ध भएको उपभोक्ता समितिका सचिव गुरुप्रसाद पौडेलले बताए । 

 सडक अवरुद्ध भएसँगै जिविस कास्कीका इन्जिनियरसहितको प्राविधिक टोलीले शुक्रबार बाटाको स्थलगत अवलोकन गरेको थियो । वर्षात्का कारण लेखनाथ–१८ स्थित भरतपोखरी बहुउद्देश्यीय सामुदायिक भवन परिसरमा पहिरो गएपछि भवन जोखिममा परेको भवन संरक्षण समितिका कोषाध्यक्ष गोविन्द लम्सालले बताए । वर्षात्सँगै लेखनाथ नगरपालिकाका तालचोक शिशुवा लगायत स्थान जलमग्न भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या