जेठ ९, काठमाडौँ | ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित कृष्णमान लामाले गाउँपालिका भित्रका ७० वर्ष माथिका वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।

सोमबार पदबहाली गर्दै लामाले पहिलो निर्णयको रुपमा ७० वर्ष माथिका वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनका अनुसार प्रत्येक वडाको सिफारिसमा गाउँपालिकावासी वृद्धवृद्धा,अशक्त र सुत्केरी बिरामीलाई काठमाडौँ उपत्यकाभित्रका अस्पतालमा ल्याउन लान गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले अध्यक्ष कृष्णमान लामा,उपाध्यक्ष राजनप्रसाद घिमिरे तथा सबै वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । अध्यक्ष लामाले गत ६ जेठ शुक्रबार नै जिल्ला न्यायाधीशबाट शपथ ग्रहण गरिसकेका छन् ।