२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नि:शुल्क एम्बुलेन्स चलाउने, जटिल रोगमा २० हजार उपचार खर्च दिने मादीको निर्णय

९ जेष्ठ २०७९, सोमबार ११:२२

जेठ ९, पोखरा | कास्कीको मादी गाउँपालिकाले जटिल रोगका बिरामीहरूलाई उपचार खर्च २० हजारका दरले दिने निर्णय गरेको छ । अध्यक्ष देवीजंग गुरुङले पदभार ग्रहण गर्दै जटिल रोग लागेकाले धेरै खर्च हुने भन्दै उपचार गर्न नमानेपछि हौसला स्वरुप २० हजार पालिकाले दिने निर्णय गरेका हुन् ।


आर्थिक अवस्था कमजोर भएका मुटुरोग, मिर्गाैला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी तथा सिकलसेल एनिमिया, कडा मानसिक रोगी तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई दीर्घ रोगको पहिचान भएको डाक्टरको सिफारिसको आधारमा एक पटकको लागि २० हजार उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए ।

यसअघि पनि मादीले मासिक १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । यस्तै, पालिका भित्र स्थायी बसोबास गर्ने ७० वर्ष माथिका ज्येष्ठ नागरिक, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी तथा सुत्केरी महिलाको लागि पालिकाबाट संचालित एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने निर्णय भएको छ । मादी गाउँपालिका प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण रहेको भन्दै यसको संरक्षण र विकास गर्न आवश्यक नीति तर्जुमा गर्ने निर्णय गरिएको छ ।

उपाध्यक्ष कल्पना गुरुङले भने पालिका भित्रका ज्येष्ठ नगारिक र अपांगता भएका नागरिकको पहिचान गर्न गाउँपालिका भित्रका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकको पहिचानको लागि क्यूआर कोडसहितको परिचयपत्र वितरण गर्ने निर्णय गरेकी छिन् । मादीमा कांग्रेसबाट अध्यक्ष र एमालेबाट उपाध्यक्ष निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य