२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नि:शुल्क एम्बुलेन्स चलाउने, जटिल रोगमा २० हजार उपचार खर्च दिने मादीको निर्णय

२०७९, ९ जेष्ठ सोमबार ११:२२

जेठ ९, पोखरा | कास्कीको मादी गाउँपालिकाले जटिल रोगका बिरामीहरूलाई उपचार खर्च २० हजारका दरले दिने निर्णय गरेको छ । अध्यक्ष देवीजंग गुरुङले पदभार ग्रहण गर्दै जटिल रोग लागेकाले धेरै खर्च हुने भन्दै उपचार गर्न नमानेपछि हौसला स्वरुप २० हजार पालिकाले दिने निर्णय गरेका हुन् ।


आर्थिक अवस्था कमजोर भएका मुटुरोग, मिर्गाैला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी तथा सिकलसेल एनिमिया, कडा मानसिक रोगी तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई दीर्घ रोगको पहिचान भएको डाक्टरको सिफारिसको आधारमा एक पटकको लागि २० हजार उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए ।

यसअघि पनि मादीले मासिक १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । यस्तै, पालिका भित्र स्थायी बसोबास गर्ने ७० वर्ष माथिका ज्येष्ठ नागरिक, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी तथा सुत्केरी महिलाको लागि पालिकाबाट संचालित एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने निर्णय भएको छ । मादी गाउँपालिका प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण रहेको भन्दै यसको संरक्षण र विकास गर्न आवश्यक नीति तर्जुमा गर्ने निर्णय गरिएको छ ।

उपाध्यक्ष कल्पना गुरुङले भने पालिका भित्रका ज्येष्ठ नगारिक र अपांगता भएका नागरिकको पहिचान गर्न गाउँपालिका भित्रका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकको पहिचानको लागि क्यूआर कोडसहितको परिचयपत्र वितरण गर्ने निर्णय गरेकी छिन् । मादीमा कांग्रेसबाट अध्यक्ष र एमालेबाट उपाध्यक्ष निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस