२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

रुकुम हत्या काण्डः जलाइयाे मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर

११ जेष्ठ २०७९, बुधबार ०६:१८

जेठ ११, खोटाङ | जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर जलाइएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका पाँच साथीहरूको हत्यामा संलग्न दोषीमाथि कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संयुक्त संघर्ष समितिले मंगलबार दिक्तेलको त्रिबेणी चोकमा मुलुकी ऐन १९१० र मुलुकी ऐन लागू गर्ने जंगबहादुर राणाको तस्बीर जलाएको हो । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा प्रेमीका पक्षले कुटीकुटी नवराजसहित ६ जनाको १० जेठ २०७७ मा हत्या गरेका थिए । सोही हत्याकाण्ड भएको दुई वर्ष पुगेको दिन पारेर संघर्ष समितिले जात व्यवस्था विरुद्धको प्रतिरोध दिवस आयोजना गरेको हो । जंगबहादुरले निर्माण गरेको मुलुकी ऐनले जात व्यवस्थालाई संस्थागत रुपमा विकास गरेको र सोही जात व्यवस्थाको परिणाम नवराजसहित ६ जनाले ज्यान गुमाउनु परेकाले जंगबहादुर र मुलुकी ऐनको तस्बीर जलाइएको संघर्ष समितिका संयोजक दिपक ठटालले बताए । 

जिल्लाका दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ति सम्मिलित संघर्ष समितिले रुकुम घट्नाको विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन  गरी दोषीलाई कडाभन्दा कडा कारबाहीका लागि दवाव सिर्जना गर्न संघर्षका कार्यक्रम गर्दैआएको छ । वर्तमान सरकार तथा सरकारका जिम्मेवार व्यक्तिले पश्चिमरुकुम घटनालाई गम्भीरतापूर्वक नलिँदा नवराजसहितका युवाको अवस्था निर्मला पन्तकोजस्तै सेलाएर जाने आशंका जन्माएको संयोजक ठटालले बताए । 

संघर्ष समितिले यसअघि जिल्लाका १० वटै स्थानीय तह र सरकारलाई ज्ञापनपत्र बुझाउने, घरेलु हतियार प्रदर्शन गर्ने, कालोपट्टी बाँधेर प्रशासन अगाडि धर्ना दिने, राँके जुलुस प्रदर्शन लगायतका संघर्षका कार्यक्रम गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान