२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको पुर्चौडीका नवनिर्वाचित जनप्रतिनिधिकाे निर्णय- सहिद परिवारलाई वार्षिक २५ हजार निर्वाह खर्च दि

२०७९, ११ जेष्ठ बुधबार ०९:२१

जेठ ११, बैतडी | बैतडीको पुर्चाेडी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै केही  निर्णय पनि गरिएका छन् । 

पुर्चौडी नगरपालिकाले प्रमाणीकरण सूचीमा रहेका सहिद परिवारहरुलाई सम्मान स्वरुप प्रतिपरिवारलाई वार्षिक एकमुस्ट २५ हजारका दरले निर्वाह खर्च उपलब्ध गराउने र जनयुद्धका घाइतेहरूका लागि निशुल्क उपचार हुनेगरी स्वास्थ्य बिमा गर्ने निर्णय गरिएको छ । 


यसैगरी नगरपालिकाले पालिकाको केन्द्रमा रहेको पुर्चाेडी हाट स्वास्थ्यचौकीबाट आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना १ साउनदेखि नै एक्सरे तथा भिडियो एक्सरेसहितको चिकित्सकीय सेवा सुचारु गर्ने निर्णय पनि गरिएको छ । यसैगरी ज्येष्ठ नागरीक तथा दिर्घ रोगीहरुको निशुल्क स्वास्थ्य परीक्षण र उपचारका लागि गाउँघरमै चिकित्सक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ । 

यसैगरी नगरपालिका भित्र सञ्चालित विद्यालयहरूमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई अध्ययन निशुल्क गर्न विद्यार्थीहरूको भर्ना तथा पठनपाठन शुल्कबापतको रकम शाेधभर्ना गर्ने निर्णय पनि भएको छ । 

पुर्चौडी नगरपालिकाका १० वटै वडाहरूमा विद्युत् विस्तार कार्य प्रारम्भ गरी दुई वर्षभित्रमा उज्यालो पुर्चाेडी घोषणा गर्ने निर्णय पनि गरिएको छ । 

पुर्चौडी नगरपालिकाले जनयुद्धका बेला सहिद परिवारलाई वार्षिक २५ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय भएको छ । नगर प्रमुख दीपकबहादुर बमले पदभार ग्रहण गर्दै पहिलो निर्णयको रुपमा सो निर्णय गरिएको हो । 

नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेसँगै निवर्तमान नगर प्रमुख रण बहादुर कुवँर र उपप्रमुख जानकी ऐर बमको बिदाई पनि गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण