२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

रिलायन्सले गर्‍यो ४१ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी

२०७९, ११ जेष्ठ बुधबार १५:०६

जेठ ११, इलाम | रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीले कोभिडका कारण ज्यान गुमाएका इलामका प्रविन चापागाईंको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरेर रिलायन्सले ४१ लाख ७५ हजार रुपैयाँको चेक प्रदान गरेको हो । 

उक्त चेक जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका प्रमुख केदार थापा र रिलाइन्सका सेल्स हेड सूर्यप्रसाद गुप्ताले प्रविन चापागाईंकी श्रीमती सीमा थापा सहित परिवारका सदस्यलाई हस्तान्तरण गरेको हो । 

निर्माण व्यवसायी चापागाईंले ४१ लाख ७५ हजार रुपैयाँको जीवन बिमा गरेका थिए । उनले बिमा गरेको पहिलो किस्ता चार लाख २२ हजार भुक्तानी गरेका थिए । 

चपागाईंको कोरोनाको उपचारको क्रममा झापाको बिएण्सी अस्पतालमा मृत्यु भएको थियो । रिलायन्स लाइफ इन्सोरेन्सकी बिर्तामोड शाखा प्रमुख पवित्रा खवासले मानवीय क्षतिसँगै हुने आर्थिक क्षतिविरुद्धको सुरक्षा जीवन बिमाले गर्ने बताइन् ।

मृतक चापागाईंको परिवारलाई दाबी भुक्तानी कार्यक्रममा निर्माण व्यवसायी संघका उपाध्यक्ष निर्मल राउतले चाँडै दाबी भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराईंले धेरैले जीवन बिमाको लागि इच्छुक भए पनि आर्थिक अभावका कारण बिमा गर्न नसक्नेहरूलाई बैंक तथा वित्तीय संस्थाबाट लोन प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

यस्तै इलाम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठले परिवारले पाएको दाबी भुक्तानी रकमले पीडित परिवारका लागी मलहम पट्टी हुने बताए । 

बिमा कम्पनीका सेल्स हेड सूर्य प्रसाद गुप्ताले कम्पनीको चाहाना आफ्नो सदस्यको भौतिक र आर्थिक अवस्था स्थिर होस भन्ने चाहाना हुने गरेको बताए । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा