जेठ १२, काठमाडौँ | बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच लाख रुपैयाँका दरले बिमा रकम हस्तान्तरण गरिएको छ । गत २६ असोजमा नेपालगञ्जबाट मुगु आउँदै गरेको यात्रुवाहक बस पिनाको तपने खोलामा दुर्घटना भएकाे थियाे । दुर्घटनामा परी ज्यान गुमाएका ३३ जनाको घरपरिवारलाई सो रकम हस्तान्तरण गरिएको हो ।

बस दुर्घटना भएको झन्डै नाै महिनापछि रारा छायानाथ यातायत प्रालिले बिमा गरी लुम्बिनी इन्स्योरेन्सबाट निकासा गरी बिमाबापतको रकम हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । ज्यान गुमाएका परिवारलाई सबै गरी एक करोड ६५ लाख बराबरको रकम मृतकका परिवारलाई प्रतिव्यक्ति पाँच लाख रुपैयाँका दरले वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

मृतकका परिवारलाई नगरपालिकाले प्रतिव्यक्ति ५० हजार प्रदेश सरकारले पनि एक लाख रुपैयाँ उपलब्ध गराएको थियो । दुर्घटनामा परेका घाइते बिरामीलाई हवाई उद्धार भाडा रकम र जिल्ला अस्पतालमा उपचारबापतको रकम सरकारले अहिलेसम्म प्रदान नगर्दा समस्या उत्पन्न भएको प्रजिअ महतले बताए ।

Related News