2026-08-29 04:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

क्यान्सर पीडितलाई परदेशीएका अर्घाखाँचीवासीको सहयोग

जेठ १४, अर्घाखाँची | क्यान्सर रोगबाट पीडित अर्घाखाँचीका एक बिरामीका लागि रोजगारीको सिलसिलामा मुलुक बाहिर रहेका अर्घाखाँचीवासी युवाले आर्थिक सहयोग गरेका छन् ।

सन्धिखर्क नगरपालिका-१० बेल्टारी घर भई सन्धिखर्कमा बसोबास गर्दै आएका क्यान्सर पीडित प्रेमबहादुर थापालाई अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चले आर्थिक सहयोग गरेको हो ।

मञ्चका अध्यक्ष रञ्जित क्षत्री,  महासचिव दामोदर भुसाल, कोषाध्यक्ष हरि कुँवरसहितले थापाको घरमै पुगेर नगद १० हजार आर्थिक सहयोग गरेका हुन् ।

फोक्सोको क्यान्सरबाट थलिएका ४० वर्षीय थापाको काठमाडौं हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा किमो चलिरहेको छ । थापाका श्रीमती, दुई छोरी र ६ महिनाका एक छोरा रहेका छन् ।

यस्तै थापालाई आज नै सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा रहेको प्रगतिशील स्वास्थ्य आमा समूहले समेत सहयोग गरेको छ । समूहका तर्फबाट प्रकाश भुसालले नगद पाँच हजार एक सय हस्तान्तरण गरेका हुन् ।

लामो समय कतारमा मजदुरी गरेर केही वर्षअघि अर्घाखाँची फर्किएका थापाले सन्धिखर्कमा इलेक्ट्रिक पसल सन्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो