2026-10-23 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

शंकास्पद मृत फेला परेका दाहालको शव आफन्तले बुझे

जेठ १५, खोटाङ | शंकास्पद अवस्थामा मृत फेला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शव आफन्तले बुझेका छन् । घटनाको विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति बनाएपछि आफन्तले शव बुझेका हुन् । दाहालको रहस्यमय मृत्यु भएको भन्दै छानबिनको मागसहित विरोध प्रदर्शनमा उत्रिएका आफन्तले आइतबार बिहान शव जिम्मा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । 

                   दाहालको मृत्युका विषयमा छानविनको माग गर्दै आफन्तले दिक्तेलमा निकालेको जुलुस । 

शनिबार जिल्ला अस्पतालबाट जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको मृतकका आफन्त, प्रशासन, प्रहरी लगायतको वार्ताले प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति बनाएपछि मृतक परिवार शव बुझ्न तयार भएका थिए । प्रहरी नायव निरीक्षक गोबिन्दकुमार खत्री, प्रहरी सहायक निरिक्षक कुमार बिष्ट, प्रहरी हवल्दार विपिन योगी, प्रहरी हवल्दार कैलाश लिम्बू र प्रहरी जवान सोमप्रसाद पहाडी अनुसन्धान समितिको सदस्य छन् । शनिबार पोष्टमार्टम गरिए पनि घटनालाई शंकास्पद भन्दै शव जिम्मा लिन अस्वीकार गर्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका थिए । 

दाहाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्धेश्यीय सहकारीको कार्यालय रहेको घरको आफ्नै कोठामा शुक्रबार बिहान मृत फेला परेका थिए । घटनाको सर्जमिन मुचुल्का तयार पार्नेक्रममा दाहालको साथमा भएको मोबाइल हराएको भन्दै आफन्तले घटनालाई थप शंकास्पद मानेका छन् । घटनाको प्रकृति ‘मृत्यु नभई हत्या भएको’ छोरा नवराज दाहालले दाबी गरे । दाहालको मृत्युका विषयमा छानबिन गरी दोषी पत्ता लगाइनुपर्ने मागसहित आफन्तले शनिबार जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस प्रदर्शन गरेका थिए । 

दाहालको शव सड्न लागेको र पहिचान गर्नै नसकिने अवस्थामा आफन्तले फेला पारेर खबर गरेका थिए । शव कोठामा खाटमा नभई भुइँमा सिरकले ढाकेको अवस्थामा भेटिएको थियो । मुखबाट रगत निस्किएको, आँखामा निलडाम लागेको, नाइटोभन्दा माथिल्लो भाग निलो भएको अवस्थामा दाहालको शव भेटिएको स्थानीय भोजराज अधिकारीले बताए । दाहाल बस्दैआएको दुई कोठामध्ये एउटा कोठा लिपपोत गरिएको र र्‍याल चुहिएको पाइएको छ । घटना प्रकृति शंकास्पद देखिएकाले सुक्ष्मढंगबाट अनुसन्धान गर्नुपर्ने आफन्तको माग छ । 

यस्तै, नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले दाहालको मृत्यसको विषयमा सत्यतथ्य पत्ता लगाउन र वास्तविकता बाहिर ल्याउन माग गरेको छ । 

मृतक दाहाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक सदस्य, नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक सह–संयोजक थिए । उनी क्षितिज बहुउद्धेश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष, ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष र कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ