२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

मजदुरका छोराछोरीले धानेको विद्यालय

१७ जेष्ठ २०७९, मंगलवार १५:०७

जेठ १७, लमजुङ | लमजुङ सदरमुकाम बेंसीशहरमा रहेको बाल लक्ष्मीमन्दीर प्राथामिक विद्यालय ४८ वर्षअघि स्थापना भएको सामुदायिक विद्यालय हो । यस विद्यालयबाट कखरा पढेर धेरैले उच्च शिक्षा हासिल गरे । अहिले यो विद्यालय मजदुरका छोराछोरीले मात्रै धानेका छन्। आफ्नो घर आगनमै रहेको विद्यालय छोडेर यस गाउँका विद्यार्थीहरु बोर्डिङ स्कुल जान्छन् । 

विद्यालयका प्रधानाध्यापक भगवती जोशीले भनिन् पैसा तिरेपछि गुणस्तर शिक्षा पाइन्छ भन्ने सोच भएकाले स्थानीयले छोराछोरी गाउँको स्कुलमा पढाउँदैनन्।’०४२ सालमा गाउँलेले जग्गादान र श्रमदान गरी बनाएको विद्यालयलाई अहिले मजदुरका छोराछोरीहरुले मात्र बचाएको छ । 

शिशुदेखि देखि ५ कक्षासम्म पढाइ हुने बाल लक्ष्मी मन्दीर प्राथमिक विद्यालयमा जम्मा ३२ जना विद्यार्थी अध्ययानरत छन् । विद्यालयमा एक जना काज, ३ जना दरबन्दी र एक जना बालविकास गरि ५ जना शिक्षक र एक कार्यालय सहयोगी छन्। ‘विद्यार्थी भर्ना अभियानलाई जतिसुकै प्रभावकारी बनाउने प्रयास गरे पनि स्थानीयले छोराछोरी भर्ना गर्न ल्याएनन्,’ प्रअ जोशीले भनिन्, ‘गाउँलेलाई वास्तै छैन। यहाँ पढ्न आउने निम्न आर्थिक अवस्थाका मजदुरका छोराछोरी मात्रै हुन्।’

विद्यालयमा भर्ना भएका विद्यार्थीहरु पनि सबै आउँदैनन् । खाजा खुवाउने व्यवस्था नभएकाले विद्यार्थीहरु नियमित विद्यालय नआएको शिक्षकहरुको भनाइ छ । केही ठूला केटाकेटी बाबुआमासँगै मजदुरी काम गर्न जान्छन् ।

विद्यालयका प्रअ जोशीका अनुसार आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरु विदाको समयमा सिजनअनुसार जङगलमा निउरो र टुसा खोज्न जाने गर्छन् । निउरो र टुसा बेचेको रकमबाट कापी कलम किन्ने गरेको प्रअ जोशी बताउँछिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने रौतहटको बागमती खोलामा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गयो नारायणगढ-बुटवल खण्ड चैत २७ गतेदेखि चैत ३१ गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधनको आउ-जाउ बन्द गरिँदै वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ? ‘म्यानपावरले पाउने व्यावहारिक सेवा-शुल्क नतोक्दा आचारसंहिता लागू भएन’ नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो