३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

संयुक्त लाल पुर्जा अभियान २६ जोडिले बनाए

२९ बैशाख २०७३, बुधबार ०७:३०

बैशाख २९, रसुवा । जिल्ला
भूमिअधिकार मञ्चको आयोेजनामा संयुक्त पुर्जा बनाएका छन् । आफ्नो स्वामित्वको सम्पत्तीमा महिलाको अधिकार
दिलाउने रसुवामा जिल्ला भूमिअधिकार मञ्चको अभियान अन्तर्गत २६ जोडी किसानले संयुक्त लालपुर्जा बनाका छन्

rasuwa - sajha sabal
जग्गाधनी प्रमाण पुर्जा (लाल पुर्जा) सहित भूमिघरमामा आएका कृषकहरूले जिल्ला
भूमि अधिकार मञ्चले संयुक्त पुर्जा निर्माण गर्ने शिविरको आयोजना गरेको थियो । उक्त शिविरमा उनीहरूले
खुसीसाथ संयुक्त पुर्जा निर्माण गरे । हाल एकल स्वामित्वमा रहेको घरजग्गा, आजदेखि नै दोहोरो (पति
पत्नीको नाममा) स्वामित्व कायम गराएका हुन् ।

बैशाख १२ र २९ गते गएको विनासकारी भुकम्प र त्यसपछि
गएका पराकम्पनहरूले मनमा अझै शान्ति छैन । घर भत्के पनि जनजीवन सामान्य भई सकेको छैन तर पनि उत्साह छ ,
बस्ने बासको टुङ्गो लागेको छैन । वर्षात्ले छोपिसक्यो । धेरै जसो परिवार अझसम्म पनि त्रिपाल मुनीनै
दिन–रात विताइरहेको छन् । यसअघि असोज मिनामा पनि धैबुङ्ग र लहरेपौवा गाविसका ५२ जोडी किसानले भने
संयुक्त निकै उत्साहका साथ भूमि अधिकारको अभियानले लालपुर्जा निर्माण गरी आफुसँग भएको जमिनको पति
पत्नीले बराबरी स्वामित्व कायम गरेका थिए अभियानकर्मी सुष्मा न्यौपानेले बताउनुभयो । महिला पुरुषहरूलाई
संयुक्त पुजाबरे छलफल गरेपछि समूदाय अग्रसर हुने गरेको छ । यो अभियानले निरन्तरता पाइरहने छ ।


जिल्ला भूमिअधिकार मञ्चको कार्यालय भूमिघर कालिकास्थानमा संयुक्त
लालपुर्जा निर्माण शिविर आयोजन भयो । विपत्तिको बेला पनि फिल्डमै मालपोत कार्यालयले आएर सेवा दिएकोमा
खुसी थिए । संयुक्त जग्गाधनी पुर्जा बनाउन पाएकोमा अति नै खुसी भएकी लहरेपौवा गाविस ६ का दलबहादुर
वाइवाले बताउँनुभयो । आजबाट मेरी पत्नीलाई पनि भूमिको स्वामित्व दिएको छु उहाँले बताउँनुभयो ।


‘जग्गा÷जमिनमा संयुक्त जग्गाधनी प्रमाणपूर्जा निर्माण गरेपछि
महिला–पूरुषको सम्पत्तीमा बराबरी स्वामित्व हुन्छ । कसैले एक्लै बेचविखन वा भोगचलन पनि गर्न पाउँदैन,
त्यसैले खुसीसाथ पति पत्नीको नाममा संयुक्त पुर्जा बनायौं । यसअघि लहरेपौवा गाविस– ९ उपल्लोपौवाका
चन्द्रनाथ घिमिरेले संयुक्त पुर्जा निर्माण गरेपछि समाजमा सकरात्मक सन्देश जाने बताउँनुभयो । भूकम्पमा
परेर घाईते भएका धैबुङ्ग गाविस –४ कटुन्जेकी बोदकुमारी खतिवडाले समेत जिल्ला भूमि अधिकार मञ्चले आयोजना
शिविरमा संयुक्त लालपुर्जा बनाउने कार्यक्रममा यस अघि नै सहभागि हुनुभयो । भूमिमा महिला–पुरुषको बराबरी
स्वामित्व कायम गराएका छन् । यस अघिको अभियानमा पनि रसुवामा २ सय जोडिले संयुक्त पुर्जा निर्माण
गरिसकेका छन् ।

जिल्ला भूमि अधिकार मञ्चले सञ्चालन गरिरहेको
संयुक्त लालपुर्जा निर्माण अभियान भुकम्पपछि सहज होला भन्ने लागेको थिएन, तर यस्तो परिस्थितीमा लक्ष्य
भन्दा भन्दापनि धेरै जोडी सहभागी भई संयुक्त लालपुर्जा निर्माण गरेकोमा खुसी लागेको जिल्ला भूमि अधिकार
मञ्च रसुवाकी अध्यक्ष चित्रकुमारी न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’