२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी दुर्घटनामा घाइते भएका राप्रपा नेता जीवनकुमार श्रेष्ठको निधन

२०७९, २२ जेष्ठ आईतवार ०६:२९

जेठ २२, काठमाडौँ | सवारी दुर्घटनामा परेर घाइते भएका राप्रपा खोटाङका पूर्वअध्यक्ष जीवनकुमार श्रेष्ठको निधन भएको छ। गत शुक्रबार दिक्तेल बजारस्थित घर नजिकै मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।

टाउको र छातिमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।


५८ वर्षीय श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पतालमा आज बिहान निधन भएको राप्रपा प्रवक्ताले बताए।

श्रेष्ठको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलन र राप्रपालाई ठूलो क्षति भएको प्रवक्ताले निकालेको विज्ञप्तिमा उल्लेख छ। उनले राप्रपाले सशक्त, आँटिलो, विचारमा प्रतिबद्ध योद्धा गुमाएको बताएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ लगायतका नेताहरू न्युरो अस्पताल पुगेर दिवंगत भएका जीवनकुमार श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर