2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

चिरिबाबुले नाक काट्ने प्रसंग निकालेपछि नेताहरुको जवाफ

जेठ २२, ललितपुर | ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा नाक काट्ने प्रसंग झिकेपछि पार्टीभित्रको घात अन्तर्घातको आरोप प्रत्यारोपसँगै बिबाद सतहमा देखिएको छ । 

न्वनिर्वाचित मेयर महर्जनले आफूले स्थानीय निर्वाचन टिकट पाउने सन्दर्भमा पार्टीभित्रबाटै टिकट ल्याएर देखाए आफूले नाक काट्ने उद्घोष गरेको खुलासा गरे । उनले भने, ‘फेरि आफूले टिकट पाएपछि पार्टीका साथी जितेको खण्डमा नाक काट्ने भन्दै हिँडेका थिए । अहिले कसरी सास फेर्लान् । सिगान कसरी पुछ्लान् ।’

उनले पार्टीको स्कुलिङ कमजोर भएको बताउँदै नाक काट्छु भन्दै हिड्ने नेताले आफूलाई भोट दिए त भन्दै प्रश्न उठाए ।

जिल्ला नेतृत्वको गलत निर्णयका कारण मेयर महर्जनले आफूसँगै ११ जना वडाध्यक्षले जितेको भन्दै टिकट वितरणमा गढबढी भएको बताए । उनले भने, ‘भैले भने अनुसार टिकट वितरण नहुँदा कार्यपालिकामा बहुमत भएन ।’

कांग्रेस जिल्ला सभापति जितेन्द्र श्रेष्ठले आफूले टिकट वितरणमा कुनै गढबढी नगरेको मञ्चबाटै जवाफ फर्काए । आफूले टिकट वितरणमा पैसा नखाएको स्पष्टीकरण दिँदै श्रेष्ठले भने, ‘कांग्रेसले जिल्लामा लज्जास्पद हार व्यहोरेको भए मैले राजीनामा दिन्थे । जिल्लामा ६९ वटा उम्मेदवारी परेको वडामा ३८ वटामा जित भएको छ । यो सफलतालाई हेरेर धन्यवाद भन्नु पर्दैन ।’

केन्द्रिय सदस्य तथा ललितपुरका नेता उदयशम्सेर राणाले दक्षिण ललितपुरको वागमती र महाँकाल गाँउपालिकामा राम्रो टिमका साथ काम गरेको कारण लगभग क्लिन स्विप गरेको बताउँदै महानगरले यहाँबाट सिक्नु पर्ने बताए । मेयर चिरिबाबु महर्जनलाई जवाफ दिँदै उनले भने, टिकट दिँदा हस्तक्षेप भएको छैन । जिते आफूले गर्दा जितेको हारेको ठाँउ अरुले विगारेको नभनौं ।  उनले नाक काटेको वा नकाटेको कुरामा गएर विवाद निकाले पार्टीलाई कुनै फाइदा नहुने बताए ।

केन्द्रिय सदस्य उर्मिला केसीले पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवालाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको र गणेशमान सिंह रुँदै हिँडेको प्रसंग निकाल्दै जिल्लाको विवाद सामान्य रहेको बताइन् ।

जिल्ला नेतृत्वले टिकट दिँदा विधान लत्याएर केन्द्रिय सदस्यहरुलाई उपस्थित गराएर निर्णय गराउनु पर्नेमा आफूसँग कसैले नसोधेको बताइन् । उनले भनिन्, ‘मलाई पार्टीभित्रका साथीहरुले मेरो हैसियत नभएको बताउने गरेका छन् ।’ पार्टीभित्र निषेधको राजनीति नगर्न चेतावनी दिँदै केसीले भनिन्, ‘निषेधले पार्टीमा द्वन्द्व निम्त्याउछ । द्वन्द्वले कमजोर भइन्छ ।’

केन्द्रीय सदस्य जितजंग बस्नेतले नेपाली कांग्रेसमा धेरै अनुशासनहीन काम भएको बताए । उनले मेयर महर्जनको भनाइप्रति लक्षित गर्दै भने,‘यहाँ जसले जे बोले पनि हुन्छ ।’

पार्टीका उपसभापति पूर्णबहादुर खड्काले छिट्टै पार्टीको समीक्षा बैठक राख्न जिल्ला अध्यक्ष जितेन्द्र श्रेष्ठलाई निर्देशन दिँदै भने, समीक्षा बैठकमा पार्टीका ठूला नेता के भन्ला भनेर नसोच्नुसर सबै कुरा खुलस्त राख्नुस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो