२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको मनिपाल अस्पतालले अमानवीय व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित

२०७९, २४ जेष्ठ मंगलवार ०६:००

जेठ २४, काठमाडौँ | पोखराको मनिपाल अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पताल प्रशासनले सामान्य सुविधासमेत नदिएर अमानवीय व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले परिसरमै धर्ना सुरु गरेका हुन् ।

यसअघि दिँदै आएको सुविधासमेत कटौती गरेको उनीहरूको गुनासो छ । हरेक वर्षजस्तो मनिपालमा आन्दोलन हुन्छ । सच्चिने सहमति हुन्छ, तर कार्यान्वयन हुँदैन । पछिल्लो पाँच दिनयता यहाँका कर्मचारी सुत्केरी र किरिया बिदा माग्दै धर्नामा छन् । कर्मचारी र चिकित्सकहरूको साझा संगठनहरू सम्झौताअनुसारको सुविधा माग गर्दै आन्दोलन थालेका हुन् ।


किरिया र सुत्केरी बिदा दिनुपर्ने, यसअघिको सम्झौता र श्रम ऐनअनुसार उपदान र सुविधा दिनुपर्नेलगायत उनीहरूको माग छ । ‘अस्पतालले सुत्केरी र किरिया बिदासमेत नदिनु भनेको महापाप नै हो । ६-७ वर्षदेखि कर्मचारीलाई करारमा राखेर बिदा घटाउने, तलब स्केल घटाइएको छ । यो सरासर ठगी हो,’ कर्मचारी अमृत पौडेलले भने, ‘एक वर्षअगाडि श्रम कार्यालयको रोहवरमा अस्पताल प्रशासनसँग सम्झौता भएको छ । तर त्यसलाई कार्यान्वयन गरेको छैन । मागहरू सामान्य छ तर मानवअधिकारसँग जोडिएको छ । अति नै गरेको भएर हामी धर्नामा उत्रिनुपरेको हो ।’

समस्या समाधान गरिदिन जिल्ला प्रशासन र श्रम कार्यालयसँग पनि कर्मचारीहरूले आग्रह गरेका छन् । श्रम कार्यालय र प्रशासनले दिएको निर्देशनसमेत नमानेको स्वतन्त्र कर्मचारी संघका अध्यक्ष नवराज भण्डारीले बताए । पुराना कर्मचारीलाई पाखा लगाएर नयाँ कर्मचारी करारमा नियुक्त गर्ने परम्परा बढेको उनले बताए । ‘भइरहेका कर्मचारीलाई निरुत्साहित गर्न करारका फ्रेस कर्मचारी राखिएको छ । यसबाटै नियत प्रष्ट हुन्छ नि,’ उनले भने, ‘रस छउन्जेल चुस्ने र पछि फ्याँकिदिने काम भएको छ । यसको अब नियमित प्रतिरोध गर्छौं ।’ मनिपालका करिब साढे चार सय कर्मचारी दैनिक धर्नामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस