२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको मनिपाल अस्पतालले अमानवीय व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित

२४ जेष्ठ २०७९, मंगलवार ०६:००

जेठ २४, काठमाडौँ | पोखराको मनिपाल अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पताल प्रशासनले सामान्य सुविधासमेत नदिएर अमानवीय व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले परिसरमै धर्ना सुरु गरेका हुन् ।

यसअघि दिँदै आएको सुविधासमेत कटौती गरेको उनीहरूको गुनासो छ । हरेक वर्षजस्तो मनिपालमा आन्दोलन हुन्छ । सच्चिने सहमति हुन्छ, तर कार्यान्वयन हुँदैन । पछिल्लो पाँच दिनयता यहाँका कर्मचारी सुत्केरी र किरिया बिदा माग्दै धर्नामा छन् । कर्मचारी र चिकित्सकहरूको साझा संगठनहरू सम्झौताअनुसारको सुविधा माग गर्दै आन्दोलन थालेका हुन् ।


किरिया र सुत्केरी बिदा दिनुपर्ने, यसअघिको सम्झौता र श्रम ऐनअनुसार उपदान र सुविधा दिनुपर्नेलगायत उनीहरूको माग छ । ‘अस्पतालले सुत्केरी र किरिया बिदासमेत नदिनु भनेको महापाप नै हो । ६-७ वर्षदेखि कर्मचारीलाई करारमा राखेर बिदा घटाउने, तलब स्केल घटाइएको छ । यो सरासर ठगी हो,’ कर्मचारी अमृत पौडेलले भने, ‘एक वर्षअगाडि श्रम कार्यालयको रोहवरमा अस्पताल प्रशासनसँग सम्झौता भएको छ । तर त्यसलाई कार्यान्वयन गरेको छैन । मागहरू सामान्य छ तर मानवअधिकारसँग जोडिएको छ । अति नै गरेको भएर हामी धर्नामा उत्रिनुपरेको हो ।’

समस्या समाधान गरिदिन जिल्ला प्रशासन र श्रम कार्यालयसँग पनि कर्मचारीहरूले आग्रह गरेका छन् । श्रम कार्यालय र प्रशासनले दिएको निर्देशनसमेत नमानेको स्वतन्त्र कर्मचारी संघका अध्यक्ष नवराज भण्डारीले बताए । पुराना कर्मचारीलाई पाखा लगाएर नयाँ कर्मचारी करारमा नियुक्त गर्ने परम्परा बढेको उनले बताए । ‘भइरहेका कर्मचारीलाई निरुत्साहित गर्न करारका फ्रेस कर्मचारी राखिएको छ । यसबाटै नियत प्रष्ट हुन्छ नि,’ उनले भने, ‘रस छउन्जेल चुस्ने र पछि फ्याँकिदिने काम भएको छ । यसको अब नियमित प्रतिरोध गर्छौं ।’ मनिपालका करिब साढे चार सय कर्मचारी दैनिक धर्नामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य