2026-10-02 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नेता जीवन श्रेष्ठको निधन प्रकरणः दिक्तेलबजारमा सवारी दुर्घटनाको त्रास बढ्दो

जेठ २६, खोटाङ | बाइकको ठक्करबाट राप्रपा नेता जीवन श्रेष्ठको निधन भएपछि खोटाङको दिक्तेलबजारमा सवारी दुर्घटनाको त्रास बढेको छ । २० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र प्रवेश गरेको प्रदेश १-०५-००१ प ६८३७ नम्बरको बाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका श्रेष्ठको न्युरो अस्पताल काठमाडाैँमा उपचारका क्रममा २२ जेठमा निधन भएपछि दिक्तेलबजारमा सवारी दुर्घटनाको त्रास बढेको हो ।

विशेषगरी दिक्तेलबजारमा विद्यालय जाने बालबालिकालाई सवारीसाधनको ठक्करबाट जोगाउने सुरक्षा चुनौती थपिएको छ । बिहान विद्यालय जाने र बेलुका विद्यालयबाट फर्कनेक्रममा बालबालिकालाई अनियन्त्रित गतिमा कुदाइने सवारीसाधनले जुनसुकै बेला ठक्कर दिने खतरा बढ्दो रहेको अभिभावक एवं जसपाका नेता नविन राईले बताए । 

दिक्तेलबजारमा सवारी दुर्घटनाको त्रास पहिल्यैदेखि थियो, त्यसमाथि पछिल्लो दुर्घटनाले थप त्रास बढाएको हो । बाइकको ठक्करबाट नेता श्रेष्ठको निधन भएपछि निजी विद्यालयका अधिकांश अभिभावकले बालबच्चालाई डोर्‍याउँदै विद्यालय पुर्‍याउन र ल्याउन थालेका छन् । ट्राफिक प्रहरीले किराँतचोकमा बसेर सवारी चेक गर्नेगरेको भए पनि बजारभित्र प्रवेश गर्ने सवारी साधनको गतिका विषयमा निगरानी गर्नुपर्ने नेता राई बताउँछन् । बजार क्षेत्रमा सवारी साधनको गति कम गर्ने र विद्यार्थीको आवतजावत हुने समयमा सवारी साधन प्रवेशमा कडाइ गर्न सके सवारी दुर्घटना न्युनीकरण गर्न सकिने अभिभावक बताउँछन् । 

हुन त यसअघि दिक्तेलबजारमा भएका सवारी दुर्घटना लगत्तै समय तोकेर बजार क्षेत्रमा मालबाहक तथा यात्रुबाहक सवारी साधन प्रवेशमा रोक लगाइएको थियो । तर, बजार क्षेत्रमा सवारी साधन प्रवेशमा गरिएको कडाई दुर्घटनाको मिति पर सरेसँगै फितलो हुँदै गएको हो । १ जेठ २०६९ दिक्तेलबजारमा ट्याक्टरले किच्दा माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका छात्र अनुप राईको मृत्यु भयो । भोलिपल्ट उद्योग वाणिज्य संघको आह्वानमा बसेको यातायात व्यवसायी तथा तत्कालिन दिक्तेल गाबिसको बैठकले दिक्तेलबजारमा दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सबै खालका सवारी साधनलाई प्रबेशमा रोक लगाउने निर्णय गर्‍यो । 

ठूला मालबाहक गाडीलाई पूर्णरुपमा बजार प्रवेश निषेध गरिए भने बजारक्षेत्रमा सवारी साधनभित्र गीत बजाउन पनि निषेध गर्ने निर्णय गरिएको थियो । ट्याक्टरले बालकलाई किचेपछि प्रहरीले पनि दिक्तेल बजारमा सवारी साधनलाई प्रवेश गर्न निषेध गरेको थियो । तर, सो निर्णय केही समय कार्यान्वयनमा आएपछि क्रमशः उल्लंघन हुँदै गएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो