2026-06-17 03:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लमजुङमा पल्लोटारीका पहिरोपीडित दुई वर्षदेखि टहरामै

जेठ २७, लमजुङ | दुई वर्षदेखि टहरामै जीवन निर्वाह गर्दै आएका मर्स्याङ्दी गाउँपालिका-३ पल्लोटारीका पहिरोपीडितको नयाँ घरमा बस्ने सपना अझै अधुरै छ । नयाँ घरमा सर्ने ठूलो सपना रहेको पहिरोपीडित विष्णुमाया अछामीले बताइन् । दुई वर्षको बर्खा टहरामै बितेको उनको गुनासो छ ।

पहिरो गएलगत्तै सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन दिए पनि पीडितले अहिलेसम्म घर पाएका छैनन् । २०७७ साउन ७ र ८ गते पल्लोटारीमा पहिरोले २१ घर पुरेको थियो ।


पहिरोले ५४ घर उच्च जोखिममा परे । गाउँका चार सय जना एकैपटक विस्थापित भएका थिए । उनीहरूलाई तत्काल उद्धार गरी तरापुको देविथानमा राखियो । संघ, प्रदेश, स्थानीय सरकार, विभिन्न संघसंस्था, स्थानीयको सहयोगमा अस्थायी टहरा निर्माण गरिएको थियो । पटक–पटक सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन सुनाए । दुई वर्ष बित्न लाग्यो , तर पीडितको नयाँ घरमा बस्ने सपना भने पुरा भएन ।

परिहोमा परी घाइते भएकी सिर्जना गोतामेले आफूहरू दुई वर्षदेखि टहरामै बसेको बताउँछिन् । उनी भन्छिन्, 'पहिरोले घर नै पुरियो बर्खा लाग्यो टहरामा कसरी बस्ने हो ।' पहिरो पीडितका लागि घर बनाउन जग्गाको व्यवस्थापन भई पुनर्निर्माण सुरु भएता पनि अझै घर नबन्दा पहिरोपीडित चिन्तामा छन् ।

पल्लोटारीका ५४ घर र अर्खलेबेंसीका २० घर चालु आर्थिक वर्षमा पुनर्निर्माण हुनेछन् । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरो पीडितसँग घर पुनर्निर्माणका लागि सम्झौता भई पुनर्निर्माण भइरहेको बताए । घर बनाउन लाभग्राहीले ४ लाख ५० हजार रुपैयाँका दरले पाउनेछन् । यसमा संघीय सरकारको ६० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय सरकारको १० प्रतिशत लगानी हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ