भदौ २०, मकवानपुर  । भूकम्प अति प्रभावित जिल्लाहरु मध्येको मकवानपुर जिल्लामा १२ हजार भुकम्प पीडितसँग अनुदान सम्झौता भएको छ । 

भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि प्रदान गरिने अनुदान सम्झौता भुकम्प प्रभावित ललितपुर बाहेकका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, मकवानपुर  । भूकम्प अति प्रभावित जिल्लाहरु मध्येको मकवानपुर जिल्लामा १२ हजार भुकम्प पीडितसँग अनुदान सम्झौता भएको छ । 

भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि प्रदान गरिने अनुदान सम्झौता भुकम्प प्रभावित ललितपुर बाहेकका"/>

2026-09-08 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

१२ हजार भुकम्प पीडितसँग अनुदान सम्झौता

भदौ २०, मकवानपुर  । भूकम्प अति प्रभावित जिल्लाहरु मध्येको मकवानपुर जिल्लामा १२ हजार भुकम्प पीडितसँग अनुदान सम्झौता भएको छ । 

भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि प्रदान गरिने अनुदान सम्झौता भुकम्प प्रभावित ललितपुर बाहेकका ११ जिल्ला मध्ये मकवानपुरमा अन्य जिल्लाको अनुपातमा कम लाभग्राहीसँग सम्झौता भएको हो । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार आजसम्ममा मकवानपुरमा १२ हजार एक सय ९३ लाभग्राहीसँग सम्झौता भएको छ । मन्त्रालयका अनुसार सम्झौता भएका जिल्लामध्ये सबैभन्दा कम संख्यामा अनुदानको पहिलो किस्ता वापतको रकम बुझ्ने जिल्लामा मकवानपुर परेको छ । 

मकवानपुरमा ३० हजार दुई सय ३८ लाभग्राही रहेका छन् । मकवानपुरमा एक हजार तीन सय ६८ लाभग्राहीले पहिलो किस्तावापतको ५० हजार बुझेका छन् । सबैभन्दा कम लाभग्राही रहेका रसुवाका दुई हजार ८९० जनाले पहिलो किस्तावापतको रकम लिसकेका छन् । 

११ जिल्ला मध्ये सबैभन्दा बढी मकवानपुरमा गुनासो दर्ता भएको छ । स्थानीय विकास मन्त्रलायले मकवानपुरमा हालसम्म २५ हजार ६ सय सात वटा गुनासो दर्ता भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता