२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध लागूऔषधसहित आठ जना पक्राउ

२९ जेष्ठ २०७९, आईतवार ११:३१

जेठ २९, काठमाडौँ | मकवानपुर र बाँकेमा अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मकवानपुरको बकैया गाउँपालिका–५ कर्मचुली बस्ने राक्सीराङ गाउँपालिका–१ घर भएकी ३५ वर्षीया फुलमाया भुलुनलाई १ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी हात्तिसुडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

यसैगरी मकवानपुरको भिमफेदी गाउँपालिका–६ स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ३८ ट्याबलेट सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा तनहुँ देबघाट गाउँपालिका–४ बस्ने २१ वर्षीय सरोज भुजेल र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–९ बस्ने २३ वर्षीय जंग बहादुर तामाङ रहेका छन् । 

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ३५५३ नम्बरको सुमोलाई ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट करिब ७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका–५ बस्ने सोनु श्रेष्ठ र २० वर्षीय बिशाल कुँवर रहेका छन् । 

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

सोही ठाउँबाट करिब १७ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका दाङ लमही नगरपालिका–५ बस्ने २१ वर्षीय दिवस डाँगी समेत ३ जनालाई शनिबार राति पक्राउ गरि

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने