२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध लागूऔषधसहित आठ जना पक्राउ

२०७९, २९ जेष्ठ आईतवार ११:३१

जेठ २९, काठमाडौँ | मकवानपुर र बाँकेमा अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मकवानपुरको बकैया गाउँपालिका–५ कर्मचुली बस्ने राक्सीराङ गाउँपालिका–१ घर भएकी ३५ वर्षीया फुलमाया भुलुनलाई १ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी हात्तिसुडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

यसैगरी मकवानपुरको भिमफेदी गाउँपालिका–६ स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ३८ ट्याबलेट सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा तनहुँ देबघाट गाउँपालिका–४ बस्ने २१ वर्षीय सरोज भुजेल र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–९ बस्ने २३ वर्षीय जंग बहादुर तामाङ रहेका छन् । 

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ३५५३ नम्बरको सुमोलाई ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट करिब ७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका–५ बस्ने सोनु श्रेष्ठ र २० वर्षीय बिशाल कुँवर रहेका छन् । 

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

सोही ठाउँबाट करिब १७ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका दाङ लमही नगरपालिका–५ बस्ने २१ वर्षीय दिवस डाँगी समेत ३ जनालाई शनिबार राति पक्राउ गरि

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन