२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजारको आँपमा विषादी

२०७९, ३१ जेष्ठ मंगलवार १०:४०

जेठ ३१, काठमाडौं | बाराको बजारमा मानव स्वास्थ्यका लागि हानि गर्ने विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेर पकाइएका आँप छ्यापछ्याप्ति बिक्री वितरण भइरहेको छ । बगैंचामा फलेका आँप असारको तेस्रो सातापछि मात्रै पाक्न सुरु भई खान योग्य हुने भए पनि बाराको बजारमा अहिले कर्वाइट नामक विषादी हालेर पकाइएका आँप छ्यापछ्याप्ति बिक्री वितरण भइरहेको हो । 

बाराको कलैया, जीतपुर, सिमरा, निजगढका बजारहरुमा कार्बाइड हालेर पकाइएका आँप बिक्री वितरण भइरहेको छ । यो सिजनको सुरुमा भारतबाट आँप ल्याएर बिक्री गरेका बाराका व्यापारीहरुले दुई सातायता भने पूर्वका जिल्लाबाट पनि काँचो आँप ल्याएर गोदाममा राखी कार्बाइड हालेर पकाएर बजारमा बिक्री गरिररहेका हुन् । 

व्यापारीहरूले प्रतिकेजी ४०/५० रुपैयाँका दरले काँचो आँप किनेर कार्बाइड प्रयोग गरेर १०० देखि १५० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । बारा तरकारी तथा फलफूल व्यवसायीका अनुसार सिजनको सुरुमा बारा र यस आसपासाका बजारहरुमा भारतको गोवा, मद्रास, केरला, आन्ध्र प्रदेशबाट आँपको आयात हुने गरेको बताए । असार पहिलो सातापछि भने तराईका पूर्वी जिल्लामा फलेका आँप बाराको बजारमा आउने गरिएको व्यवसायीकाे भनाइ छ । 

कृषि ज्ञान केन्द्र बाराको अनुसार भारतबाट चैतदेखि नै आँप ल्याएर बिक्री गर्ने क्रम सुरु भइसक्छ । नेपालमा उत्पादित आँप असार तेस्रो साताबाट मात्र खानयोग्य हुने गरेको केन्द्रले जनाएको छ । अहिले बजारमा पाइने आँप, छिटो पकाउन कार्बाइड विषादी प्रयोग गर्ने गरिएकाले ती आँप नखाँदा नै उपयुक्त हुने सुझावसमेत केन्द्रको छ ।

विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, रिंगटा लाग्ने, मानसिक तथा नशासम्बन्धी समस्या देखापर्ने, स्मरणशक्ति कमजोर हुने, स्वास प्रश्वासमा समस्या हुने र झाडापखला लगायतका रोग देखा पर्ने नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले बताए । 

प्रचलित खाद्य ऐन २०२३ ले कृत्रिम रसायन कार्बाइड प्रयोग गरी आँप पकाउन प्रतिबन्धित गरेको छ । खाद्य ऐन अनुसार प्रतिबन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्री वितरण गर्ने व्यवसायीलाई १० हजारदेखि २५ हजार रुपैयासम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ । तर व्यापारीहरुले कार्बाइड विषादी राखेर पकाएका आँप खुलेआम रुपमा बिक्री गरिरहँदा पनि स्थानीय प्रशासन भने मौन बसेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर