२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ, चितवन, सर्लाहीलगायत छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा परी ५ जनाको मृत्यु

२०७९, १ असार बुधबार ०९:३४

असार १, काठमाडौँ | काठमाडौँ, चितवन,  सर्लाहीलगायत छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । काठमाडौंको टोखा नगरपालिका-६ धापासी डाँफे कोलोनी नजिक सडकमा प्रदेश १-०२१ च २९५६ नम्बरको कार र प्रदेश २-०३५ प ०५२० नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका-६ धापासी बस्ने १९ वर्षीया प्रबिना नेपालको भतिज नाता पर्ने ५ वर्षीय प्रियन्स उप्रेतीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यता चितवनको कालिका नगरपालिका-५ सिमाचोकस्थित सडकमा ना.३९ प २९७१ नम्बरको मोटरसाइकल र प्रदेश २-०३-००७ प ५६७५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-९ बस्ने ५० वर्षीय बल बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र स्कुटरका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाहीको मलगंवा नगरपालिका-६ लखनदेई खोलास्थित सडकमा ज.१ त ३८२४ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक चन्द्रनगर गाउँपालिका-५ मोहनपुर बस्ने ३२ वर्षीय रविन्द्र साह सोनारको घटनास्थलमै मृत्यु भएको छ । 

उता धादिङमा निलकण्ठ नगरपालिका-३ ईजारास्थित भित्री सडकमा धादिङबेसीबाट जुरेथुमतर्फ जाँदै गरेको बा.१८ च २८२० नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार निलकण्ठ नगरपालिका-२ जुरेथुम बस्ने ३२ वर्षीय प्रेम गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै मोरङको बेलवारी नगरपालिका-४ बेतनामा ना.६ ख ५५४४ नम्बरको ट्रकले को.२० प ७६ ४५ नम्बरको स्कुटरलाई मंगलबार राति ठक्कर दिँदा स्कुटर चालक बेलवारी नगरपालिका-५ बस्ने २६ वर्षीय विक्रम राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको  विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर