इनारमा पसेर सफा गर्ने क्रममा अक्सिजन नपुग्दा २ जना मजदुरको मृत्यू

साझासवाल
1 Min Read

<p><b>असार ५, चितवन | </b>माडी नगरपालिका–७ देबेन्द्रपुरस्थित इनार सफा गर्ने क्रममा इनारमा खसेर दुई जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>शनिबार भएको उक्त घटनामा मृत्यु हुनेमा सोही नगरपालिका–८ बस्ने ३० वर्षीय शिव राई र २५ वर्षीय सूर्य गुरुङ रहेका छन् ।&nbsp;</p><p>इनारमा खसेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माडी र प्रहरी चौकी कल्याणपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको हो ।&nbsp; घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply