2026-09-08 09:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मन्दिरको जग्गामा भू-माफियाको आँखा

असार ६, मुगु | मुगुकाे छायाँनाथ रारा नगरपालिका-२ मा अवस्थित सदरमुकाम गमगढी बजारको बीचमै रहेको प्रसिद्ध धार्मिक स्थल कालिमा मालिका मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण हुने क्रम बढेको छ । 

मन्दिरको नाममा २०५२ मा सञ्चालन भएको नापीमा रहेको कित्ता नम्बर १२ को दुई हजार २४८ क्षेत्रफलमा रहेको जग्गा अतिक्रमण गरेर घर बनाउने क्रम बढेको हो । कालिका मालिका दुवै देवी हुन्, कालिकालाई रगतको भोग लाग्छ भने मालिकालाई दूध भोग लाग्ने धार्मिक विश्वास छ ।

छत्याल मल्लको स्थापनादेखि नै कुल देवताको रुपमा कालिका मालिका मानिँदै आएको छ । राजकीय डाँडा भएको हुँदा कालिका मालिकालाई प्राचीन धार्मिक स्थल भनिएको हो । हालको जिल्ला समन्वय समितिको कार्यालयदेखि राष्ट्रिय वाणिज्य बैंक, कर्ण रावलको घरलगायत वरपरको क्षेत्रमा ४ किल्ला भित्र कालिका मालिकाको मन्दिर छ ।

दमाया ढुक्सो, भीमसेन स्थान पनि यही जग्गाभित्र पर्छ ।  भू-माफिया र २०५२ मा नापी गर्ने कर्मचारीको मिलेमतोमा नाै रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा परेको पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले जानकारी दिए ।

 मन्दिरको जग्गा पहिला नाै रोपनी थियो । पछिल्लो नापी भइसकेपछि जग्गा अतिक्रमण गर्नेहरूको विवरणसहित मन्दिरको कागजपत्र रहेको रेकर्ड फाइलमा राखिएको उनले बताए ।  

 पहिलाको मन्दिर व्यवस्थापन समितिले जग्गा अतिक्रमित भए पनि कुनै पहल नगरेकामा अहिलको नयाँ समिति आएपछि मन्दिरको जग्गा खोज्न थालिएकाले आशा जगाएको कालिका मालिका मन्दिरका पुजारी पूर्णप्रसाद चौलागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित