१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

९ असार २०७९, बिहीबार ०८:२७

असार ९, काठमाडौँ  | पर्सा, सुर्खेत, झापा, कञ्चनपुर र भक्तपुरमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । 

पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढ्वामा ना.४ ख ४८४२ नम्बरको ट्रकले ना.४४ प १८०७ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही महानगरपालिका–२६ सुगौली बस्ने ३५ वर्षीय बसरुदिन अन्सारी रहेका छन् । 

ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा बा.१ झ ८७८४ नम्बरको जिप बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार रुकुम पश्चिम चौरजहारी नगरपालिका–२ बस्ने २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिप चालक समेत ४ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ । 

झापाको मेचिनगर नगरपालिका–१५ ज्यामिरगढी गाईना बस्तीमा प्र.१–०१–००१ ह ८६०१ नम्बरको सिटीलाई प्र.१–०१–००१ क ११४६ नम्बरको मिनीट्रकले बुधबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिटी चालक सोही नगरपालिका–९ बस्ने ४३ वर्षीय रमेश कटवाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मिनी ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 

कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डामा सु.प.प्र ०१–०१० प ८३९ नम्बरको मोटरसाइकल बुधबार गाढामा ठोक्किँएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पुर्नवास नगरपालिका–१ गणेश बस्ती बस्ने २४ वर्षीय बिश्राम राना रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको इसान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ आदर्शचोकमा बा.८९ प ७८७६ नम्बरको मोटरसाइकल र बा.४ ख ५२९८ नम्बरको टिपर बिहीबार बिहान ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–२ व्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठी समेत २ जना छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ