२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सेना बनायो क्रियापुत्री भवनदेखि शवदाह स्थलसम्म

२०७९, १० असार शुक्रबार ०८:३०

असार १०, सुर्खेत | नेपाली सेनाले क्रियापुत्री भवनका साथै भेरीको किनारमा शवदाह स्थल निर्माण गरेको छ । चन्दननाथ गणले जाजरकोट भेरी नगरपालिका –४, बसपार्क क्षेत्रमा क्रियापुत्री भवनका साथै  भेरी नदीको किनारामा शवदाह स्थल निर्माण कार्य सम्पन्न गरी भेरी नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको पश्चिम कमाण्ड, सुर्खेतबाट सैनिक नागरिक सम्बन्ध थप सुदृढ बनाउने उदेश्य अनुरुप सञ्चालित क्विक इम्पाक्ट प्राेजेक्टअन्तर्गत प्राप्त स्राेत एवं जाजरकोटमा तैनाथ चन्दननाथ गणका सैनिकहरूको श्रमदानबाट उक्त संरचनाहरुको निर्माण गरिएको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामेले बताए ।


उक्त भवन क्रियापुत्री भवन शुक्रबार नै  भेरी नगरपालिकाकलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा  चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेले नवनिर्मित संरचनाहरु भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तीलाई हस्तान्तरण गर्दै नेपाली सेना सधैँ जनसेवामा सक्रिय रहेको बताए ।

उनले भेरीकै जगतीपुरमा आर्थिक रुपमा पछि परेका १७० घरधुरीलाई कपडा वितरणदेखि सदरमुकाममा रात्रीकालिन अवस्थामा हेलिकोप्टर अवतरण गर्न हेलिप्याड निर्माण गरिएको जानकारी दिए ।

नगरप्रमुख चन्द्रप्रकास घर्तीले नेपाली सेनाको जनसरोकारका यस्ता विकास निर्माण सम्बन्धित कार्यक्रमहरु रहेको सहभागिताको प्रशंसा गर्दै धर्म, संस्कृति संरक्षण, विकास निर्माण लगायत नागरिक सैनिक सम्बन्ध विस्तार गर्न यस्ता कार्यक्रमहरूले सहयोग पुर्‍याउने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश