2026-10-02 05:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

त्रियुगा नदीको भाँचिएको पुलको परराष्ट्र मन्त्री खड्काले गरे अवलोकन

असार २४, उदयपुर | परराष्ट्र मन्त्री डा. नारायण खड्काले एक वर्षअघि आएको बाढीले बगाएको उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुलको अवलोकन गरेका छन् । 

निर्माण सम्पन्न भई उद्घाटन गर्ने अघिल्लो दिन आएको बाढीले पुल बगाएको थियो । उद्घानन अघि नै भाँचिएपछि त्यस क्षेत्रका जनता नदी वारपार गर्न समस्यामा पर्दै आएका छन । गत वर्ष १९ असारमा नदीमा आएको बाढीले पुलको पश्चिम पट्टिको दुईवटा पिलर भासिएपछि पुलको स्याल्ब झारेको थियो । 

परराष्ट्र मन्त्री डा. खड्काले पुलको स्थलगत अवलोकन गरेर जानकारी लिएका छन् । करिब १२ वर्ष लगाएर निर्माण भएको पुल भत्किएपछि दैनिक सयौँको संख्यामा सोही बाटो भएर आवतजावत गर्ने स्थानीयवासीले सास्ती व्यहोर्नु परेको छ । भाँचिएको पुल बन्ने नबन्ने अन्योलमा परेको बेला मन्त्री खड्काको अवलोकन भ्रमण जनतामा आशा पलाएको छ । 

मन्त्री खड्कासँगै अबलोकनमा आएका पुल महाशाखाका उपनिर्देशक उमेशबिन्दु श्रेष्ठले पुल भाँसिको कारणबारे अध्ययन भइरहेकाले ढिलाई भएको जानकारी दिए । 

विस्तृत अध्ययन रिर्पोट आउने र त्यसपछि निर्माण प्रक्रियाअघि बढ्ने उपनिर्देशक श्रेष्ठले जानकारी दिए । पुल निर्माण तथा रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय गाईघाटका डिभिजन इन्जिनियर गोपालप्रसाद खकुरेलले पुलचोक इन्जिनियरिङ्ग क्याम्पसले यसबारेमा अध्ययन गरिराखेकाले ढिलाई हुन पुगेको बताए । 

बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणधीन मोटेरेबल पक्की पुल १९ असार २०७८ सालमा आएको बाढीले बगाएको हो । शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणाधीन मोटेरेबल पक्की पुलको अध्ययनका लागि मन्त्रालयले विशेषज्ञ टोली गठन गरेको थियो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो