२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गोकुलेश्वरवासीलाई सधैँ खानेपानीको पीडा

२६ असार २०७९, आईतवार ०८:२६

असार २६, बैतडी | बैतडी र दार्चुला जिल्लाको सीमा बजार गोकुलेश्वर दार्चुला जिल्लाकाे दोस्राे ठुलो सहर हाे । यहाँ डिग्री कलेज, बोर्डिग तथा सरकारी स्कुलहरू, कृषि कलेज, एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका साखा, विशेषज्ञ डाक्टरसहितको अस्पताल, निर्माणाधीन एयरपोर्ट, शैल्यशिखर नगरपालिकासहित एक दर्जन सरकारी कार्यालय छन् । निकै व्यस्त व्यापारिक केन्द्रका रुपमा रहेको यस बजारमा केही सुविधा सम्पन्न होटल तथा पसल पनि छन् । 

सुविधायुक्त शहरकाे रूपमा विकास हुँदै गइरहे पनि गाेकुलेश्वरमा खानेपानीकाे समस्या भने विकराल छ । महाकाली राजमार्ग छेउमा रहेको गोकुलेश्वर बजारको तलपट्टी चौलानी नदी छ । तर, बजारमा खानेपानीको सधैँ समस्या छ । गाेकुलेश्वर बजारका व्यापारीहरू चार किलोमिटर टाढाबाट पानी ल्याएर गुजारा गरिरहेका छन् भने सरकारी निकाय पानी व्यवस्थापनमा मौन छ । 

बैतडी घर भएका व्यापारी महेश नाथले भने, 'हाेटल सञ्चालनका डेढ किलोमिटर पाइप जोडेर घरैबाटै पानी ल्याएको छु ।' अर्का व्यापारी मोहनसिंह भण्डारीले अढाई किलोमिटर टाढा रहेको सिन्याडी खोलाबाट निजि लगानीमा पानी ल्याएको बताए ।

निजी लगानीमा धारा बनाउन नसक्नेहरूले भने चौलानी नदीकै दुषित पानी प्रयोग गरिरहेका छन् । १० बर्षअघि आग्री गाडखोलाबाट गोकुलेश्वर बजारमा पानी ल्याइएकोमा उक्त योजना पूरा नहुँदै बिग्रिएको स्थानीय तिलक धामीले बताए । 

गोकुलेश्वर बजारका करिब दुई दर्जन व्यापारीले आ–आफ्नै तरिकाले पानी ल्याएर प्रयोग गर्दा मुहानहरू क्षयीकरण हुन लागेको नागरिक अगुवा सुरेश श्रेष्ठ बताउँछन् । उनले भने, 'व्यवस्थित रुपले पानीको प्रयोग नगर्दा मुहान सखाप हुन्छ । बढी पानी ल्याएका व्यक्तिको धाराबाट दिनभर खेर गइरहन्छ । तर, बजारमा ल्याएर पानी खेर जानुभन्दा मुहानमै बगे मुहान सुक्नबाट बच्नेथियो । अन्धाधुन्द प्रयोग गरिँदा भविष्यमा मुहान नै सखाप हुन्छ । त्यसैले खानेपानीको व्यवस्थित योजना बनाउनु जरुरी छ ।” 

गोकुलेश्वर बजारको खानेपानी व्यवस्थित गर्न आगामी आर्थिक बर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा समेटिएको नगरपालिकाले जनाएको छ । नगरपालिका स्तरीय खानेपानी समन्वय समितिले उक्त कार्यविधि तयार गर्ने शैल्यशिखर-५ का वडाअध्यक्ष जनक डाँगाले बताए । 'नीति तथा कार्यक्रममा समावेश गरेका छौँ, समन्वय समितिले कार्यविधि तयार गरेपछि कार्यक्रम अगाडि बढाउछौँ,' उनले भने ।

यसअघि पाँच वर्षे कार्यकाल बिताएको निर्वतमान नगर सरकारले गोकुलेश्वर बजार व्यवस्थित गर्न कुनै चासो नदेखाएको स्थानियबासीको गुनासो छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता