पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव तनहुँको बैरेनीमा फेला

साझासवाल
1 Min Read

असार २६, लमजुङ | लमजुङको मध्यनेपाल–६, भोर्लेटारमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक बालकको शव तनहुँको बैरेनीमा फेला परेको छ ।

भोर्लेटारस्थित मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता रोनिश विकको शव तनहुँको ब्यास नगरपालिका बैरेनीस्थित बोटेगाउँ मादी नदि किनारमा फेला परेको हो ।

रामबजार बस्दै आएका १० वर्षिय विक शनिवार दिउँसो मिदिम खोलामा पौडी खेल्न गएका थिए । उनलाई अपरान्ह सवा ३ वजे तिर खोलाले बगाएको हो ।

पौडी खेल्न गएका दुईजना मध्ये सँगै गएका साथीले हारगुहार गरेपछि स्थानिय र प्रहरीले उनको खोजि गरेका थिए । मिदिम खोलाले बगाएर मादिएमा मिसिएका विकलाई  आइतबार मात्रै फेला पारेको तनहुँ प्रहरीले जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply