2026-10-02 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

विद्युत अभावले उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द

असार ३०, उदयपुर | वर्षातसँगै परेको चट्याङले नेपाल विद्युत प्राधिकरण लहान सबस्टेशनमा क्षति पुर्‍याउँदा गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले २२ दिनदेखि बन्द छ । गत ९ असारमा परेको चट्याङले नेपाल प्राधिकरण लहान सबस्टेशन पूर्ण रुपमा क्षति पुर्‍याएयता कारखाना खुलेकाे छैन । 

उद्याेग बन्द हुँदा दैनिक ७२ लाख ३० हजार रुपैयाँ घाटा भइरहेकाे उद्याेगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए । उनले भने, ‘विद्युत् आपूर्ति रोकिएपछि उद्योग बन्द छ । अहिलेसम्म १५ करोड ९० लाख ६० हजार रुपैयाँ उद्योगलाई घाटा भइसकेकाे छ ।’

उद्योग पूर्ण सञ्चालन गर्न ६ दशमलब ५ मेगावाट विद्युत् आवश्यक पर्छ । तर, अहिले प्राधिकरणले २ मेगावाट मात्रै उपलब्ध गराउँदै आएको छ । प्राधिकरणको लहान सबस्टेशनमा चट्याङले हानेपछि सिराहा, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बूमा समेत विद्युत आपूर्तिमा समस्या भएको छ । प्राधिकरणकाे लहान सबस्टेशन पूर्ण रुपमा क्षतिग्रस्त भएपछी उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुमा अहिले सोलु कोरिडोरमा उत्पादन भएको बिजुली बितरण गरिएको छ । सिराहामा भने सप्तरी र धनुषाबाट बिद्युत आपूर्ति गरिँदैछ । 

प्राधिकरण गाईघाट बितरण केन्द्रका प्रमुख पंकज गोइतले गत ९ असारमा लाहान सबस्टेशनमा भएको ६३ एमभीएकाे ट्रान्सफर्मर क्षतिग्रस्त बनाएकाले समस्या भएको बताए । उनले भने, ‘प्राधिकरण रातदिन नभनि मर्मतमा लागेको छ । मर्मत अन्तिम चराणमा पुगेकोले केहि दिनमा आपूर्ति हुनेछ । चट्याङले करोडौँकाे क्षति पुगेकाे छ ।’ 

विद्युतकाे भोल्टेज कम भएकाले उद्योग बन्द हुन पुगेको हो । पूर्ण रूपमा मर्मत नभइ उद्योग सञ्चालनमा आउन सक्दैन । नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटका प्रमुख गोइतले उद्योगलाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराएको दाबी गर्दछ । उनले भने, ‘उद्योगलाई विद्युत् प्राधिकरणले आवश्यक पर्ने दैनिक २ मेगावाट दिइरहेका छौँ ।’ 

उनले दुई मेगावाटमा सञ्चालन हुने उद्योग दैनिक ६ मेगावाट विद्युत् नपाएर घाटा भयो भन्नुभन्दा विद्युत् भोल्टेज सन्तुलन गर्ने उद्योगको क्यापिसिटर बैंक राख्न सुझाव दिए । उनले भने, ‘समस्या उद्योगको क्यापिसिटर बैंकमा छ । हामीले क्यापिसिटर बैंकमर्मत गरेर उद्योग सञ्चालन गर्न अनुरोध गर्दै पत्र समेत पठाएका छौ ।’ 

प्राधिकरणले आवश्यक विद्युत उपलब्ध गराएको बताईरहँदा घरेलु प्रयोजनका निम्ति जडान गरिएका मोटर, पंखा, फ्रिजसमेत सञ्चालन भएका छैनन् । कम भोल्टेजकै कारण गाईघाटस्थित दैनिक पत्रिका छपाइमा समेत समस्या आएकाे सिम्रिक दैनिकका कार्यकारी सम्पादक सुखिलाल चौधरीले बताए । 

विद्युत आपूर्ति सन्तुलन नहुँदा रेडियो सञ्चालन गर्न पनि कठिन भएको गाईघाटस्थित रेडियो त्रियुगाका स्टेशन म्यानेजर कौशल चेम्जोङ बताउँछन् । यता, नेपाल विद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रका प्रमुख गोईत शुक्रवार साँझ सम्मका समस्याको समाधान हुने बताउँछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो