१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

पावर हाउस घटनाको स्थलगत अनुगमन : मृतकका परिवारलाई पालिकाले एक लाख दिने

३२ असार २०७९, शनिबार ०२:३२

असार ३२, जुम्ला | गएराति हिमा गाउँपालिका १ आचार्यलिहीमा पहिरोले विद्युतगृह भाँसिदा एकै परिवारका ३ जना मृत्यु भएपछि घटनाको स्थलगत अवलोकन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई, सुरक्षा निकायका प्रमुखहरु, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, गैसस सहितको टोलीले घटनास्थलको अवलोकन गरेको हो ।  

घटनास्थलको अवलोकन गरेपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहात स्वरुप एक लाख रकम दिने निर्णय गरेको बताए । उनले भने, ' गाउँपालिकाले घटनाको प्रकृति हेरेर अहिले स्रोत साधन अनुसार एक लाख रकम दिने तथा क्षेतिग्रस्त विधुत गृहको निर्माणका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।'

अध्यक्ष शाहीका अनुसार घटनाको स्थलगत अनुगमन गरिसकेपछि बसेको कार्यपालिकाको वैठकले सो निर्णय गरेको हो । बैठकले गाउँपालिकाको तर्फबाट शोक प्रस्ताव गरेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै संघीय सरकारले नियम अनुुसार प्रति व्यक्ति एक लाखको दरले राहात प्रदान गर्ने तथा एकै परिवारमा बढी मानवीय क्षति भएमा एक लाख थप पाउने व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले बताइन् ।प्रजिअ प्रसाईले आवश्यक प्रमाण भएमा चाडै श्रीमानको खातामा रकम हाल्न सकिनेमा बताइन् । यसैगरी मृतकको पोष्टमार्टम समेत भईसकेको कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानले  जनाएको छ ।

प्रहरी चौकी  हिमा १ बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाईका अनुसार जुम्ला हिमा गाउँपालिका १ आचार्य लिहीमा रहेको भित्री खोला लघुजलविधुतको पावर हाउस पहिरोले भाँसिदा विद्युतका अपरेटर गोरखबहादुर रावतका श्रीमती र दुई छोरोको गएराति मृत्यु भएको थियो । रावतका ३० वर्षीया श्रीमती  विमला रावत, ९ वर्षीय छोरा भरत रावत र ८ वर्षका सूर्य रावतको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार