पहिरोले उदीपुर सडक अवरुद्ध

साझासवाल
1 Min Read

साउन १२, लमजुङ | लगातारको वर्षापछिकाे पहिराेका कारण डुम्रे-बेँसीसहर सडकखण्ड अन्तर्गत उदीपुर सडक अवरुद्ध भएको छ ।

बेँसीसहर नगरपालिका-१ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि बर्षा भइरहेकाले उदिपुरमा ढुङ्गासहित लेदो आएर सडक अबरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर कार्कीका अनुसार उदीपुर सडकको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।

गत वर्ष र असार पहिलो साताको पहिरोले  डुम्रे–बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रूपमा सञ्चालन हुँदै आए पनि यसखण्डसमेत पटक–पटक  पहिरोले अवरुद्ध हुँदै आएको छ ।

सडकखण्ड अवरुद्ध हुँदा बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।

Share This Article
Leave a Comment

Leave a Reply