१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छ महिने छोरीलाई ‘ट्वाइलेट’मा फ्याँकेर अर्कै युवकसँग फरार

२२ श्रावण २०७९, आईतवार ११:३८

साउन २२, काठमाडौँ | ६ महिनाको बालिकाको हत्या गरिको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। स्याङ्जा गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका कुमाल गाउँका २२ वर्षीय केदार कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

शुक्रवार दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालले जानकारी दिए। साउन १० गते लक्ष्मी ६ महिनाको छोरीसहित सम्पर्कविहीन भएकी थिइन्। त्यसपछि उनका ससुराले प्रहरीमा पुगेर खोजी गर्न भन्दै निवेदन दिएका थिए। प्रहरीले खोजी गर्दा लक्ष्मीले केदारसँग भागी विवाह गरेको भन्ने सूचना पाएपछि दुबै जनाको खोजी गरेको डिएसपी खनालले बताए।

त्यही क्रममा शुक्रवार १ बजे प्रहरीले दुबै जनालाई स्याङ्जा गल्याङ बजारमा फेला पारेको थियो। प्रहरीले सोधपुछ गर्दा महिलाले ६ महिनाको छोरी अस्थायी ट्वाइलेटको खाल्डोमा फालेको बयान दिएकी थिइन्। त्यसपछि प्रहरीले बयानको आधारमा हेर्न जाँदा सोही स्थान (खाल्टो) मा सडेगलेको अवस्थामा बच्चाको शव फेला परेको प्रहरीले जनायो।

दुवै जनालाई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण