१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा एक वर्षमा ६८८ उद्योग थपिए

२२ श्रावण २०७९, आईतवार १२:००

साउन २२, लमजुङ | लमजुङमा एक वर्षमा ६८८ नयाँ उद्योग थपिएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालय लमजुङका अनुसार २०७८ साउनदेखि २०७९ असारसम्मको अवधिमा जिल्लामा विभिन्न प्रकृतिका ६८८ नयाँ उद्योग थपिएका हुन् । 

कार्यलयमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै ४६१ उद्योग कृषि तथा वन पैदावर सम्बन्धी छन् । कृषि तथा वन पैदावर उद्योग दर्ता मात्र १३ लाख तीन हजार ९०० सय रुपैयाँ राजस्व संकलन भएको छ । 


सोबाहेक १४८ सेवामुलक, ४० वटा उत्पादनमुलक र ३५ वटा पर्यटन उद्योग दर्ता भएका छन् । सेवामुलक उद्योग दर्ताबाट एक लाख ७१ हजार ५००, उत्पादनमुलक उद्योग दर्ताबाट ५४ हजार ५०० र पर्यटन उद्योग दर्ताबाट ३३ हजार रुपैयाँ राजस्व संकलन भएको घरेलु कार्यलयका प्रमुख मिताकुमारी थापाले बताइन् । 

यस्तै चारवटा निर्मामा उद्योग दर्ता भएका छन् । सोबाट १० हजार ६०० राजस्व संकलन भएको छ । विभिन्न प्रकृतिका उद्योगमध्ये यसवर्ष ऊर्जामुलक, खनिज जन्य र विज्ञान तथा सुचना प्रविधिसम्बन्धी कनै पनि उद्योग दर्ता भएका छैनन् । 

गत आर्थिक वर्ष उद्योग दर्ताबाट मात्र १५ लाख ७३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको घरेलु कार्यालयले जनाएको छ । 

घरेलु कार्यालयमा दर्ता संख्याअनुसार जिल्लामा गत वर्ष ४३२ जना महिला र २८२ पुरुष गरी कुल ७१४ जना नयाँ उद्यमी थपिएका छन् । उक्त उद्योगहरूमा एक हजार ८४ महिला र एक हजार २९७ पुरुष गरी दुई हजार ३८१  जनाले रोजगार पाएको तथा रोजगारीमा आवद्ध भएको घरेलु कार्यालयको तथ्यांकले देखाएको छ ।

विगत चार आर्थिक वर्षको उद्योग दर्ता तथ्यांकअनुसार सबैभन्दा धेरै अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा जिल्लामा ९७० उद्योग थपिएका थिए । आर्थिक वर्ष ०७४/०७५ मा २७६, ०७५/०७६ मा ४६८ र ०७६/०७७ मा ६६९ उद्योग दर्ता भएको घरेलु कार्यालयको तथ्यांक छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार