2026-09-08 08:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सडक निर्माणमा रारा राष्ट्रिय निकुञ्ज बाधक

साउन ३०, मुगु | मुगु सदरमुकाम गमगढी बजारदेखि खत्याड गाउँपालिका जोड्ने सडक निर्माणको काम रारा राष्ट्रिय निकुञ्ज बाधक बनेको छ । गाउँपालिकाको सेरी हुँदै राराताल नजिकको माझघट्ट जोड्ने सडक निर्माण नहुँदा खत्याड वासी एक दिन पैदल हिँडेर सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन ।

गमगढीदेखि राराको माथिल्लो मिलीचौरसम्मको १६ किलोमिटर सडक निर्माणको काम भने सकिएको छ । गत वर्ष गाउँपालिकाले प्रारम्भिक रूपमा वातावरणीय प्रभाव मुल्यांकनसमेत गरेर निर्माणका लागि अनुमति मागेको थियो । तर, निकुञ्जले अनुमति नदिएपछि सडक निर्माणको काम अवरुद्ध बनेको हो ।

निकुञ्ज क्षेत्रमा सडक नबन्दा खत्याडवासीलाई जुम्लाको गोठीज्युला भएर गमगढी पुग्नुपर्ने बाध्यता छ । यो यात्रा तय गर्न एक दिन पूरै लाग्छ ।

त्यसैले स्थानीयवासी पैदलै हिँडेर आउजाउ गर्ने खत्याड–८ का जन्मजय भण्डारीले बताए । उनका अनुसार निकुञ्जबाट सडक खनिएमा करिब ५ घण्टामै सदरमुकाम पुग्न सकिन्छ । खत्याड गाउँपालिकादेखि निकुञ्जसम्म जोड्ने ग्राभेल सडक निर्माण भइसकेकाले पनि निकुञ्जले अनुमति दिनुपर्ने उनले बताए ।  

“निकुञ्जबाट हामीले सेवासुविधा केही पाएनौं, खालि दुःख मात्रै पाइरहेका छौं,” उनले भने, “निकुञ्जले सडक छेकेर हामीलाई धेरै सास्ती दिएको छ ।”

सडक निर्माण रोकिएपछि खत्याड, हयाङलु, सुकाढिक, रातापानी, बिना, रिघा लगायत बस्तीका स्थानीय हिँडेरै सदरमुकाम आउन बाध्य छन् । सडक नबन्दा बिरामीलाई स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल ल्याउनुपर्ने बाध्यता छ । 

जिल्ला अस्पताल टाढा हुँदा अधिकांश बिरामी उपचारका लागि बाजुराको कोल्टी जाने गरेका छन् । निकुञ्जको बाटो भएर सदमुकाम आउँदा वन्यजन्तुले आक्रमण गर्ने जोखिम रहेको स्थानीय कमानबहादुर रावतले बताए । 

उतातिर पनि खत्याडको गम्थादेखि निगालबोट हुँदै समानेसम्मको सडक बनिसकेको भए पनि निकुञ्ज क्षेत्रको १७ किमिमा सडक खन्न समस्या भएको खत्याड गाउँपालिकाका उपप्रमुख सरिता रोकायाले बताइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित