मापसे गरी तीन जनामाथि एसिड प्रहार, २२ लिटर एसिडसहित आरोपि पक्राउ

साझासवाल

साउन ३१, सल्यान | तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रावतले मादक पदार्थ सेवन  (मापसे) गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

उनले एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई करिव २२ लिटर एसिड सहित पक्राउ गरेको हो । तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगन्जतर्फ पठाइएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Comment

Leave a Reply