२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा जिप दुर्घटना: ५ जनाको घटनास्थलमै मृत्यु, छ घाइते

२०७९, १ भाद्र बुधबार ११:४५

भदौ १, दार्चुला | दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। छ जना घाइते भएका छन्। शैल्यशिखर नगरपालिका–६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप दुर्घटना भएको हो।

गोकुलेश्वरबाट खलंगाका लागी छुटेको से १ ज ५५१ नम्बरको जीप उल्लानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जीप सडकबाट करिब २५० मिटर तल खसेको छ। दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छैन। जीपमा सवार तीन महिला, दुई पुरुष र चालक घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

उद्धार कार्यमा मालिकार्जुन प्रहरी चौकीको टोली र स्थानीय खटिएका छन्। इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी टोली घटनास्थलतर्फ हिँडिसकेको छ । थप विवरण प्राप्त हुने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल