2026-10-02 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

सम्बन्धविच्छेदको मुद्दामा नयाँ ‘रेकर्ड‘

भदौ ५, काठमाडौं | चालू आर्थिक वर्षको सुरुवाती महिनामै ताप्लेजुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दाले ‘रेकर्ड’ कायम गरेको छ।  

चालू आर्थिक वर्ष २०७९।०८० को पहिलो सुरुवाती महिना साउनभरीमा नयाँ लगतमा दर्ता भएका मुद्दामध्ये करिब ५४ प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन्। जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार चालू आवको साउन महिनामा ४५ थान मुद्दा दर्ता भएका छन्। ती मध्ये २४ थान मुद्दा सम्बन्धबिच्छेदको रहेको अदालतले जनाएको छ।  

अघिल्लो आवबाट चालू आवमा १ सय १० थान मुद्दा जिम्मेवारी सरि आएका छन्। अघिल्लो आवबाट सरकारवादी ९ थान मुद्दा जिम्मेवारी सरी आएकोमा ४ थान जबरजस्ती करणी सम्बन्धी रहेका थिए। चालू आवको साउन महिना भित्रमा ८ थान सरकारीवादी मुद्दा दर्ता हुन आएकोमा ४ थान जबरजस्ती करणी सम्बन्धी रहेको अदालतले जानकारी दिएको छ।सम्बन्ध बिच्छेदलाई पारिवारिक बिग्रहको रुपमा लिने गरिन्छ। सम्वन्धबिच्छेद श्रीमान–श्रीमती बीचको वैवाहिक नाता सम्बन्धबाट दायित्वरहित तबरले अलग हुने कानुनी आधार हो। यसलाई प्राचीन  समयमा पारपाचुके वा छोडपत्र भनिन्थ्यो। अहिले परिस्कृत रुपमा सम्बन्धविच्छेद भन्ने गरिन्छ। अंग्रेजीको ‘डिभोर्स’ भन्ने शब्द अहिले नेपाली पनि यहि शब्द बढी प्रचलनमा रहेको पाईन्छ।  

मुलुकी देवानी संहिता २०७४ को दफा ९४ मा पतिले र दफा ९५ मा पत्नीले सम्बन्धविच्छेद गर्न सक्ने कानुनी प्रावधान उल्लेख गरिएको छ। कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा र पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा सम्बन्धविच्छेद गर्न सक्ने कानुनी प्रावधान रहेको छ। यस्तै कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा र पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा सम्बन्धविच्छेद गर्न पाउँछिन्। 

यस्तै पतिले अर्को विवाह गरेमा,पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पनि सम्बन्धविच्छेदको प्रकृया बढ्ने कानुनी आधार सृजना हुन्छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते