नन्दराम जैशी । भदौ २७, जुम्ला । जयारत्न बोर्डिङ्ग स्कुल जुम्लामा अध्ययनरत विद्यार्थीले अब क्यानडाका विभिन्न शैक्षिक संस्थामा गएर पढ्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी । भदौ २७, जुम्ला । जयारत्न बोर्डिङ्ग स्कुल जुम्लामा अध्ययनरत विद्यार्थीले अब क्यानडाका विभिन्न शैक्षिक संस्थामा गएर पढ्"/>
१ माघ २०८२, बुधबार
जुम्ला - JML

अब जुम्लाका विद्यार्थीले क्यानडामा र क्यानडाका विद्यार्थीले जुम्लामा पढ्न पाउने

२७ भाद्र २०७३, सोमबार ०२:३८

नन्दराम जैशी । भदौ २७, जुम्ला । जयारत्न बोर्डिङ्ग स्कुल जुम्लामा अध्ययनरत विद्यार्थीले अब क्यानडाका विभिन्न शैक्षिक संस्थामा गएर पढ्न पाउने भएका छन् । अंग्रेजी वर्ष सन् २०१७ फागुनबाट प्रत्येक वर्ष १० जना क्यानेडियन विद्यार्थी जुम्ला आउने र जुम्लाका १० जना कर्णाली बोडिङ्गमा अध्ययनरत विद्यार्थीलाई क्यानडामा पठाउने सम्झौता भएको बोडिङ्गका व्यवस्थापक तथा नेपाल किताब खानाका शाखा अधिकृत जीवन बहादुर भण्डारीले बताए । क्यानडा र जुम्लाका विद्यार्थी बिचको शिक्षालाई आदान प्रदान गर्नको लागि सम्झौता गरिएको उहाले जानकारी दिए ।  

फागुन महिना देखि २ जना क्यानडियन भोलेन्डीएर जुम्लामा आई जनता उच्च मावि र कर्णाली बोर्डिङ्क स्कुल जुम्लाको शैक्षिक कार्यमा संग्लन हुने बताइएको छ । हाल चलिरहेको विद्यालयमा भएका गतिविधिहरुलाई अबलोकन गराउन क्यानडियन नागरिकलाई आफुले पहल गरेको भण्डारीले जानकारी गराए । यस्तै  जयारत्न बोर्डिङ्ग स्कुलमा शैक्षिक अबलोकनमा आएका क्यानडियन नागरिकहरुलाई आइतबार एक औपचारिक कार्यक्रमका बिच बिदाई गरिएको छ ।    

भाद्र १६ गते क्यानडाबाट जुम्ला आईपुगेका क्यानडियन शिक्षक जोनक्यान र लुकासलाई बिदाई गरिएको हो । बिदाई कार्यक्रममा बोल्दै क्यानडियन शिक्षक महासंघका केन्द्रिय सदस्य जोेनक्यानले विद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि अभिभावक शिक्षामा जोड दिनु पर्ने बताए । बालबालिकाको शिक्षा पाउने नैर्सगिक अधिकारको प्रयोगका लागि सबै अभिभावकले आफ्नो उत्तरदायित्व निभाउनु पर्ने उहाँको भनाइ छ । 

त्यस्तै कार्यक्रममा बोल्दै क्यानडियन शिक्षक लुकासले आजको आबश्यकता शैक्षिक गुणस्तरको विषयमा अभिभावकलाई अभिमुखिकरण दिनु पर्ने बताए । विदाई कार्यक्रमको अबसरमा विद्यालयले  विभिन्न अतिरिक्त प्रतियोगिता गरेको थियो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको प्रधानाध्यापक जीवन गुरागाँईले जानकारी दिए ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का