भदौ २९, भरतपुर । भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित ओम ब्याकेन सुज हाउसमा गए राति विद्युत सर्ट भई आगलागी भएको छ । सुज हाउसमा राती करिब साढे ११ बजे आगलागी भएको हो ।

स्थानीय तेज नारायण चापागाईको एकतले भवनको सटरमा अर्जुन कार्कीले भाडामा लिइ सञ्चालन गर्दै आएको उक्त सुज हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगलागीबाट पसलमा रहेका सबै जुत्ता चप्पल चलेर नष्ट भएको प्रहरीले जानकारी दिएक छन् । उनका अनुसार क्षतिको विवरण आउन बाँकी छ । आगलागीबाट मानविय क्षति भनेको भएको छैन ।

September 14, 2022
चितवन - CTW, समाज
चितवन कमलनगरको सुज हाउसमा विद्युत सर्ट भई आगलागी, जुत्ता चप्पल जलेर नष्ट
By साझासवाल
2 मिनेट पढाइ