१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीको कर्मैयामा सहकारी प्रमुखमाथि गोली प्रहार गरेर लुटेरा फरार

२ कार्तिक २०७९, बुधबार ०७:२३

कात्तिक २, सर्लाही | सर्लाहीको कर्मैयास्थित मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुखमाथि गोली प्रहार गरेर लुटेरा समूह फरार भएको छ ।

बुधबार बिहान साढे १० बजेतिर बागमती नगरपालिका–१, मिलनचोकमा रहेको बचत तथा ऋण सहकारी प्रमुख साजन कार्कीमाथि लुटेरा समूहले गोली प्रहार गरेको हो । तीनजनाको समूहमा आएका लुटेराले सेवा केन्द्रको कार्यालयभित्र पसेर कार्कीलाई पैसा दिन भन्दै धम्क्याएका थिए ।

कार्कीले प्रतिकार गर्नेबित्तिकै लुटेरा समूहले चार गोली प्रहार गरेको उनको भनाइ छ । गोली प्रहार गरेपछि लुटेरा समूह भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका छन् । 

कार्कीको तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेको छ । उनको सर्लाहीमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ