2026-09-08 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

डेढ महिनाअघि ‘डिभोर्स’ गरेको जोडीको पुनः विवाह

कात्तिक ७, लमजुङ | डेढ महिनाअघि सम्बन्ध विच्छेद गरेको लमजुङमा एउटा जोडीले डेढ महिनापछि पुनः विवाह गर्ने भएका छन् । उनीहरुले जिल्ला अदालत, लमजुङमा कोर्ट म्यारिज गर्न लागेको बताइएको छ ।

श्रीमतीले त्यतिबेला श्रीमानले हेलाँहोचो गरेपछि खान लाउन आपत परेको जस्ता आरोप लगाएकी हुन् । बेसिसहर–११, कार्कीडाँडा माइती भइ दोर्दी–१, अलैंचेका अमृत थापासँग विवाह गरेकी शिला कुतालले कसैको कुरा नसुनेपछि सम्बन्ध विच्छेद भएको थियो । गत भदौ पहिलो साता जिल्ला अदालत लमजुङमा सम्बन्ध विच्छेदको निम्ति परेको उजुरीले भदौ २८ गते कानुनी रूपमा मान्यता पाएको थियो । 

यसअघि जिल्ला न्यायाधीश शिवप्रसाद खनालले मात्र होइन स्रेस्तेदार उदयराज काफ्लेलेसमेत बारम्बार यस्तो राम्रो जोडी नछुट्टिन भन्दै आग्रह गरेका थिए । उनीहरुको बेमेलको बारेमा जिल्ला मेलमिलाप केन्द्रमा पनि पटक पटक छलफल गरिएको थियो । तर, उनीहरुले जसरी पनि छुट्टिने भन्दै अड्डी कसेको बताइन्छ । अदालतमा कैयौंको अनुरोधलाई लत्याएर गरिएको सम्बन्ध विच्छेद डेढ महिना पनि नपुग्दै जोडिन लागेको बताइन्छ । श्रीमतीले आफूमाथि हेलाँ र कुटपिट गरेको जस्ता आरोप लगाए पनि सम्पत्ति केही नलिई छुट्टिएको उक्त जोडीले हिजो दिउँसो अदालतमा पुगेर कोर्ट म्यारिजको लागि निवेदन दिएका छन् ।

गर्भवती अवस्थामा सम्बन्ध विच्छेद नहुने कानुनी व्यवस्था हुँदाहुँदै कसरी ‘डिभोर्स’ भयो भन्नेबारे निमित्त स्रेस्तेदार विश्वराज कुँइकेल आफैं चकित भएका थिए । त्यत्रो बबन्डर मच्चाएर छुट्टिभिन्न भएको जोडी फेरि मिल्छौं भनेर अदालतमा गएपछि नाइँनास्ती गर्न पनि भएन । त्यसैले भोलि कार्यालय खुलेपछि मात्रै विधिवत रूपमा ‘कोर्ट म्यारिज’ गरिने कुँइकेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित