2026-08-31 03:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

हत्या अभियोगमा १० वर्ष जेल जीवन बिताएर संविधान दिवसमा जेलबाट छुटेका कैदीले गरे अर्काे हत्या

कात्तिक १३, चितवन । १० वर्ष जेल जीवन बिताएर आएका एक जनाले एक महिनामै अर्काे हत्या गरेका छन् ।

संविधान दिवसको दिनमा कैदीको असल चालचलन र मुद्दाको प्रकृति हेरेर राष्ट्रपतिले आममाफी र कैद मिनाहा गर्छन्। यस वर्षको असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतबाट दोषी ठहर भएर विभिन्न कारागारमा कैद जीवन बिताइरहेका २१ जनालाई आममाफी र ६८१ जनाको ५० प्रतिशत कैद मिनाहा घोषणा गरेकी थिइन्।

यी ६८१ जना मध्येका एक थिए नवलपुरको गैंडाकोट–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाल। उनले दस वर्षअघि कात्तिक ११ गते आफ्नै हजुरआमा र काकीको हत्या गरेका थिए । त्यो अभियोग प्रमाणित भएपछि कुमाललाई नवलपरासी जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। मकवानपुरको भिमफेदी कारागारमा कैद भोगिरहेका कुमाललाई असल चालचलन भएको भन्दै राष्ट्रपतिले माफी दिइन्। 

उनले अस्ति राति साढे १० बजे आफ्नै घरबेटी चितवनको माडी नगरपालिका–४, शीतलपुर घोसरी बस्ने ३४ वर्षीय जीवन नेपालीको हत्या गरेका हुन् ।

मृतक नेपाली र कुमालको कारागारमा हुँदा चिनजान भएको बताइन्छ । कारागारबाट छुटेपछि कुमाल नेपालीको घरमा बस्दै आएको अनुसन्धानबाट खुलेको छ । सामान्य तरिकाबाट दिन चल्दै थिए शुक्रबार साँझतिर मदिरा सेवनपछि उनीहरूकाबीचमा भनाभन भयो। रिसले भाउन्न भएका सुरेश घरमा अरू कोही नभएको समयमा जीवनको कोठामा छिरे।

पछाडिबाट धारिलो हतियारले टाउकोमा प्रहार गरे। टाउको पटक–पटक प्रहार गरेपछि घाँटीको रूद्रघण्टीमा रेटी आफ्नै साथीको विभत्स हत्या गरे। 

कुमालले नेपालीको हत्यापछि ५० मीटरको दूरीमा पर्ने ४० वर्षीया रुपा नेपालीको घरमा गई सुतिरहेकी रुपाले कानमा लगाएको सुनको रिङ कानको लोती समेत च्यातिने गरी लुछेका थिए । त्यसपछि रुपाको पनि घाँटी थिचेको बताइएको छ ।

रुपाको पनि निधन भएको ठानेपछि कुमाल त्यहाँबाट भागेको बताइएको छ । त्यसलगत्तै इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले कुमालको व्यापक खोेजी गरेको हो । माडी नगरपालिका– ३, बसन्तपुरको भित्री सडकमा शंकास्पद रुपमा लुकीछिपी हिँडिरहेको अवस्थामा कुमाललाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

सुरेशलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने